फाइल फोटो
रसुवा, माघ १० । नेपाल-चीनबीच निर्माण हुन लागेको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ सबस्टेशन निर्माणका लागि सर्भे सुरु भएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेको जिलोङ काउन्टीमा सबस्टेशन राख्ने तयारी छ ।
नेपालतर्फ नुवाकोट त्रिशूलीमा सबस्टेशन राख्नका लागि सर्भेको काम सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणले आफ्नै जग्गामा सबस्टेशन निर्माण गर्ने सहित सर्बेको काम अघि बढाएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो ।
आयोजनाले नेपालतर्फ यसअघि नै लोड फ्लो टेष्टको काम सकेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ । यसको काम झण्डै डेड वर्षमा सकिने रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । भारतसँग ढल्केबर, गोरखपुर तथा चीनसँग रसुवागढी–केरुङ प्वान्टबाट प्रणालीको अध्ययन गरिएको हो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…