नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको सबस्टेशनको लागि सर्भे सुरु

रसुवा, माघ १० नेपाल-चीनबीच निर्माण हुन लागेको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ सबस्टेशन निर्माणका लागि सर्भे सुरु भएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेको जिलोङ काउन्टीमा सबस्टेशन राख्ने तयारी छ ।

फाइल फोटो

नेपालतर्फ नुवाकोट त्रिशूलीमा सबस्टेशन राख्नका लागि सर्भेको काम सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणले आफ्नै जग्गामा सबस्टेशन निर्माण गर्ने सहित सर्बेको काम अघि बढाएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो ।

आयोजनाले नेपालतर्फ यसअघि नै लोड फ्लो टेष्टको काम सकेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ । यसको काम झण्डै डेड वर्षमा सकिने रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । भारतसँग ढल्केबर, गोरखपुर तथा चीनसँग रसुवागढी–केरुङ प्वान्टबाट प्रणालीको अध्ययन गरिएको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago