संसद पुनर्स्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था – मुख्यमन्त्री पोखरेल

पाल्पा, १० माघ । जनता बाट हारिने डरले संसद पुनरस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था भएको लुम्विनी प्रदेशका मुख्य मन्त्री समेत रहेका नेता शंकर पोखरेलले बताएका छन । नेकपा ओली समुहका स्थायी कमिटी सदस्य एवं लुम्विनी प्रदेश ईन्चाज शंकर पोखरेलले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थितीमा पुगेको बताएका छन । ओली पक्षिय अगुवा कार्यकर्ता भेलालाई तानसेनमा सम्वोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले जिम्मेवारी अनुसार पार्टी एकताको काम नगरी पाटी नै फुटाउने काम गरेको आरोप लगाए । नेताहरुमा कती पदलोलुपता र सत्ता प्राप्तीको हतारो रहेछ भन्ने घाम झै छर्लङ्ग भएको छ , अध्यक्ष प्रचण्ड लाई प्रधानमन्त्री बन्न संसदीय दलको नेता, महाधिवेशनमा हारेपनि, जस्केला बाट पाटी अध्यक्ष माधव नेपाल, राष्ट्रपतीको लोभमा झलनाथ खनाल जस्ता स्वास्थको कारण नेकपा लाई विभाजनको स्थितीमा पुर्याएको नेता पोखरेलले आरोप लगाए ।

नेपाली काग्रेस, जनता समाजवादी लगायतका ठुला पाटी चुनावमा होमिएका छन, गाउँ गाउँमा चुनावी प्रचारमा जुटेका छन तर माधव र प्रचण्ड भने आन्दोलन गर्दै छन तर उनिहरुको आन्दोलनको सार्थकता नरहने उनले बताए ।
थप प्रसङ्गमा अध्यक्ष पचण्ड कम्युनिष्ट आन्दोलनका भाइरस भएको, प्रचण्ड जहा छिरे त्यहा एकिकरण भन्दा पनि टुट फुट गराउने र भताभुङ्ग पार्ने क्षमता मात्र प्रचण्डमा रहेकोले प्रचण्डको मनासाय नै नेकपा एकिकरण भन्दा नेकपा फुटाउने अभियानमा जुटेको नेता पोखरेलले आरोप लगाए । माधव नेपाल र प्रचण्ड लाई केपी ओलीको लोकप्रियता बढ्दै गएपछि सरकार लाई घेरावन्दी गरी काम गर्न नदिएको, पाटी तथा संसद भित्रै प्रतिपक्षको व्यहार गरिएको नेता पोखरेलले आरोप लगाए ।

केपी कम्युनिष्ट आन्दोलनका फलाम र माधव र प्रचण्ड समूह काठ – कन्दिय सदस्य तथा युवा संघ नेपालका पुर्व अध्यक्ष महेश बस्नेत  ।                                          ओली पक्षिय अगुवा कार्यकर्ता भेला लाई सम्वोधन गर्दै कन्दिय सदस्य तथा युवा संघ नेपालका पुर्व अध्यक्ष महेश बस्नेतले केपी कम्युनिष्ट आन्दोलनका फलाम र माधव र प्रचण्ड समूह काठ सरह भएको टिप्पणी गरे । फलाम अग्नी परिक्षामा खारिएर आउछ तर काठ आफै जलेर खरानी हुन्छ त्यस्तै माधव र प्रचण्डको हालत आगामी निर्वाचनले खरानी बनाईदिने नेता बस्नेतले बताए ।
१० बर्षे जनयुद्ध लडेका मोहन बैध, बाबुराम भट्टराई, नेत्र विक्रम चन्द, सिपी गजुरेज जस्ता आफ्नै सहयात्री लाई पाखा लगाएर कम्युनिष्ट आन्दोलन लाई क्षिया क्षिया बनाएका प्रचण्ड र उनको गुलियोमा फसेका नेता माधव नेपालले नेपाली कम्युनिष्ट आन्दोलन लाई खरानी बनाउने नेता बस्नेतले आरोप लगाए ।
नेपालमा विपी कोईराल, तत्कालीन राजा महेन्द्र, पछी राष्ट्रवादी एकल नेता केपी ओली भएकोले, नेता बस्नेतले प्रधानमन्त्री ओलीको प्रशंसा गरे । बालुवाटार जग्गा प्रकरण, लडाकु प्रकरण र वाईटवोडी प्रकरणमा भ्रष्टाचारर गरेकोले प्रचण्ड माधव नेपाल जस्ता कयौ नेताहरु जेल पर्ने संभावना बढ्दै गएको नेता बस्नेतले आरोप लगाए ।
कार्यक्रममा केन्द्रिय सदस्य सुजिता शाक्य, जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य नारायण आचार्य, युवा संघ नेपालका बरिष्ट उपाध्यक्ष किरण पौडेल प्रचण्ड र माधव नेपालको सत्ता र पदलोलुपताको कारण नेकपा विभाजनको अवस्थामा पुगेको आरोप लगाए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालले हिजो एउटै पाटीमा बसेका नेताहरु आज सुन्ने नसकिने गरी गाली गलौजमा उत्रिनु, कार्यकर्ताको भावना विपतीत आ-आफ्नो स्वार्थका कारण पाटी विभाजनको अवस्थामा पुर्याउनु नेपाली कम्युनिष्ट आन्दोलनमा ठुलो क्षति पुगेको बताए ।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताले केपी ओलीले नेतृत्व गरेको पाटी नै मुलपाटी भएकोले विचलित नहुन आग्रह गरे । कार्यक्रममा जिल्ला कमिटी सदस्य दिनेश रावलले गित मार्फत नेताहरुमाथी व्यंङ्ग प्रहार गरेका थिए । तानसेन नगर कमिटीकाअध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाको जिल्ला कमिटी सदस्य तुल बहादुर अधिकारीको संचालनमा भएको थियो । पछिल्लो समयमा दुबै समूहले आफ्नो-आफ्नो समूहको भेला र प्रशिक्षण दिने कार्यक्रम बढाइरहेका छन ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago