पाल्पा १०, माघ । तानसेन नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । शुक्रवार नगरपालिकाको सभाकक्षमा सम्पन्न सभाले विभिन्न तीन विद्येयक पारित गरेको छ । विनियोजन विद्येयक, आर्थिक विद्येयक, वन विद्येयक सभाले पारित गरेको हो ।
सभामा नगरप्रमुख अशोककुमार शाहीले हरेक वडाका १ किमी सडक कालाेपत्रे गर्ने महत्त्वाकांक्षी निर्णय लिएकाे सभामा बताउनुभयाे । तानसेन वडा नं. १ का अध्यक्ष रामप्रसाद बस्यालले आर्थिक वर्ष २०७७/०७८ को समीक्षात्मक बजेट तथा योजना कार्यान्वयन अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विनियोजन गरेको १ अर्ब १२ करोड बजेटमध्ये पूँजीगततर्फ १९ प्रतिशत र चालु तर्फ २५ प्रतिशत बजेट खर्च भएको जानकारी सभामा प्रस्तुत भयो ।
विनियोजन विद्येयक प्रस्तुत गर्दै नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले नगर कार्यपालिकाको निर्णयले बजेट खर्च हुन नसक्ने अवस्था र अत्यावश्यक अवस्थामा बजेट विनियोजन गर्नुपर्ने भए निर्णय गर्न सक्ने बताउनुभयो । नगर कार्यपालिका सदस्य दिपक विकले रेडियो एफएम संचालन कार्यबिधि निर्णयार्थ प्रस्तुत गर्नुभयो । सभामा नगर सभा सदस्य सुनिता बैंजुल आर्थिक विद्येयक र मैयादेवी घिमिरेले वन विद्येयक प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत सबै विद्येयक सर्वसम्मत रुपमा पारित भएको छ ।
सभाकाे शुन्य समयमा आफ्ना धारणा राख्नुहुँदै नगरसभा सदस्य विष्णुबहादुर कार्कीले हालसम्म गरेका कामको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नगरपालिका प्रशासन र जनप्रतिनिधिका बीचमा प्रभावकारी समन्वय हुन नसक्दा फोहोर व्यवस्थापन कार्य अगाडि बढ्न नसकेको कार्की को भनाइ थियो । नगरसभा सदस्य नारायण न्यौपानले तानसेन वडा नं. १ को भुसलडाँडा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकाले त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिलाई करमा छुट दिनुपर्ने माग राख्नुभयो ।
नगरसभा सामाजिक विकास शाखा अधिकृत भरत आचार्यको संचालन र नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…