संसद विघटन र निर्वाचन घोषणाको विरोधमा राष्ट्रपतिको पुत्ला दहन

स्याङ्जा । नेपाली कांग्रेस स्याङजाले शहिदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचनचको घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

स्याङ्जा काङ्ग्रेसका कार्यबाहक सभापति बुद्धि बहादुर राना (कुमार) ले सम्मानित राष्ट्रपतिले संस्थालाई स्वार्थपूण कब्जामा लिई नेपाली जनताको रगत र पसिनाले सिंचित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य व्यवस्थालाई सर्बसत्ताबादको पराकाष्टमा पुगेर संविधानमाथि धावा बोल्दै गरिएको संसद विघतन र कथित मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको घोर भत्र्सना गरिएको बताए । पार्टी कार्यालयबाट शुरु भएको मौन जुलुस चोकमा आएर कोण सभामा परिणत भई राष्ट्रपतिको पुत्ला दहन गरेको थियो ।
पुत्ला दहन कार्यक्रममा बोल्दै सत्ता स्वार्थमा लिप्त के.पि शर्मा ओलीको सरकारले राष्ट्रिय राजनैतिक मानमर्यादा समेतको धज्जी उडाउदै स्थापित राज्य संचालनका मुल्य मान्यतालाई बेसरम रुपमा नजर अन्दाज गरेको आरोप रानाले लगाए । जुलुसमा संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सर्वसत्ताबाद मूर्दावाद, संसद विघटनको असंवैधानिक कदम मूर्दावाद लेखिएको प्लेकार्डको प्रयोग गरिएको थियो । दर्जनबढी कार्यकताहरुको उपस्थितीमा राष्ट्रपतिको पुत्ला दहन गरिएको थियो भने पुत्ला दहन भए लगत्तै प्रहरीले पुत्ला निभाएको थियो । नेपाली जनतालाई बलिदान र संघर्षबाट प्राप्त राजनैतिक उपलब्धिको रक्षाका खाँतिर दृढता पूर्वक अगाडि बढ्न स्याङ्जा काङ्ग्रेसले अनुरोध गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago