संसद विघटन र निर्वाचन घोषणाको विरोधमा राष्ट्रपतिको पुत्ला दहन

स्याङ्जा । नेपाली कांग्रेस स्याङजाले शहिदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचनचको घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

स्याङ्जा काङ्ग्रेसका कार्यबाहक सभापति बुद्धि बहादुर राना (कुमार) ले सम्मानित राष्ट्रपतिले संस्थालाई स्वार्थपूण कब्जामा लिई नेपाली जनताको रगत र पसिनाले सिंचित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य व्यवस्थालाई सर्बसत्ताबादको पराकाष्टमा पुगेर संविधानमाथि धावा बोल्दै गरिएको संसद विघतन र कथित मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको घोर भत्र्सना गरिएको बताए । पार्टी कार्यालयबाट शुरु भएको मौन जुलुस चोकमा आएर कोण सभामा परिणत भई राष्ट्रपतिको पुत्ला दहन गरेको थियो ।
पुत्ला दहन कार्यक्रममा बोल्दै सत्ता स्वार्थमा लिप्त के.पि शर्मा ओलीको सरकारले राष्ट्रिय राजनैतिक मानमर्यादा समेतको धज्जी उडाउदै स्थापित राज्य संचालनका मुल्य मान्यतालाई बेसरम रुपमा नजर अन्दाज गरेको आरोप रानाले लगाए । जुलुसमा संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सर्वसत्ताबाद मूर्दावाद, संसद विघटनको असंवैधानिक कदम मूर्दावाद लेखिएको प्लेकार्डको प्रयोग गरिएको थियो । दर्जनबढी कार्यकताहरुको उपस्थितीमा राष्ट्रपतिको पुत्ला दहन गरिएको थियो भने पुत्ला दहन भए लगत्तै प्रहरीले पुत्ला निभाएको थियो । नेपाली जनतालाई बलिदान र संघर्षबाट प्राप्त राजनैतिक उपलब्धिको रक्षाका खाँतिर दृढता पूर्वक अगाडि बढ्न स्याङ्जा काङ्ग्रेसले अनुरोध गरेको छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago