८ जेठ, काठमाडौं । संसद विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुखसापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् ।
‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ सभामुखसापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।
यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीकेन्द्रको नेता हुँदै सभामुख बनेका सापकोटाबीच तिक्ततापूर्ण सम्बन्ध छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…