इन्जिनियरहरुको हकहितलाई सुरक्षित गर्न उम्मेदवारी : इन्जिनियर घिमिरे

पाल्पा । नेपाल इन्जिनियर्स एशोसियसनको लुम्बिनी प्रदेश सदस्य पदमा बृहत प्रगतिशील गठबन्धनबाट पाल्पाका इन्जिनियर दिपेश घिमिरेले उम्मेदवारी दिएका छन् । उनी तानसेन नगरपालिकामा कार्यरत छन् । नेपाल इन्जिनियर्स एशोसियसनको यही बैशाख २४ गते निर्वाचन हुँदैछ । सबै इन्जिनियरहरुको हकहितलाई कार्यान्वयन गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।

उनले भने ‘यो वा त्यो बहानामा इन्जिनियरहरु पिल्सिने गरेका छन्, समस्यामा परेका इन्जिनियर साथीहरुको समस्या समाधान गर्न कटिबद्ध ढंगले लाग्नेछु ।’ ईन्जिनियरिङ पेशालाई थप मर्यादित बनाउदैँ यस समुदायको समस्या समधानमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुको साथ सहयोग मार्गनिर्देशन र अमुल्य मतको अपेक्षा गरेको उनले बताए ।

इन्जिनियर घिमिरेले लुम्बिनी ईन्जिनियरिङ कलेज बाट सिभिल ईन्जिनियरिङमा बिई गरेका छन् । साथै सोही कलेजका निर्वाचित स्ववियु सभापति समेत रहेका छन् । विद्यार्थी जीवनबाट प्रष्ट बक्ताको रुपमा परिचय बनाएका घिमिरे अनेरास्ववियुका विभिन्न कमिटी हुँदै प्रोग्रेसिभ ईन्जिनियरिङ येसोशियसन नेपाल (पिन) का प्रदेश सदस्य समेत छन् । उनी हाल लुम्बिनी ईन्जिनियरिङ कलेजमा स्नातकोत्तर अध्ययनरत छन् ।

नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा लुम्बिनी प्रदेशको सदस्यमा उम्मेदवारी दिएका प्यानलबाट सभापतिमा जीवन अर्यालले उम्मेदवारी दिएका छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago