२४ अंक घटेको सेयर बजारमा तामाकोसी र चन्द्रागिरिको मूल्य बढ्यो १० प्रतिशत

काठमाडौं, चैत ९ सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से २५१४ अंकमा कायम भएको छ।

फाइल फोटो

यस दिन ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस दिन बैंकिङ २१, विकास बैंक १९, फाइनान्स ८, ब्यापार १६, निर्जीवन बीमा १८३, उत्पादन १२९, अन्य ३०, माइक्रोफाइनान्स ९२, फाइनान्स ८, जीवन बीमा समूह ३१५ र लगानी समूह १ अंकले घट्यो। होटल तथा पर्यटन समूह १०४ र जलविद्युत समूह १०१ अंकले बढेका छन्। यस दिन माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढ्यो। आयोजनाबाट बिजुली उत्पादन हुने मिति नजिकिँदै जाँदा माथिल्लो तामाकोसी सेयर बजारमा अहिले आकर्षणको केन्द्रमा परेको छ।

१० प्रतिशतले मूल्य वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ७२६ रुपैयाँ कायम भएको छ। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य पनि १० प्रतिशतले नै बढ्यो। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता १५६३ रुपैयाँ कायम भएको छ।चन्द्रागिरिको कमजोर वित्तीय स्थितिका बाबजुत सेयर संख्या थोरै हुँदा ‘कर्नरिङ’ देखिएको छ। जसले गर्दा मूल्य लगातार उकालो लागेको छ।

अरुण भ्याली हाइड्रोपावरको मूल्य ७.४ प्रतिशतले बढेको छ। त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढ्यो। यस दिन प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य भने सबैभन्दा धेरै ४.७ प्रतिशतले घट्यो। सपोर्ट माइक्रोफाइनान्सको मूल्य ४.४ प्रतिशतले घट्यो। कारोबारका आधारमा पनि यस दिन माथिल्लो तामाकोसी नै अग्रस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड रुपैयाँ ९६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै नेपाल बंगलादेश बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago