वन अतिक्रमण गरि बनाइएको घरछाप्रोमा आगो लगाईयो

पाल्पा । वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाएको घरछाप्रो जलाइ नस्ट गरिएको छ । तिनाउ गाउँपालिका वडा नम्बर १, कचल स्थित सानिउदाङमा वन अतिक्रमण गरि घरछाप्रो बनाइ खनजोत समेत गरिएको अवस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय, तिनाउ सब डिभिजन वन कार्यालय र रैनादेबी छहरा सब डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलिले तिनाउ- १ का वडा अध्यक्ष, स्थानिय सिद्धचुहार सामुदायिक वन उपभोक्ता समूह र ठुली उदाङ्ग टोल विकास सस्थाको रोहवरमा उक्त अतिक्रमण नियन्त्रणमा लिइ घरछाप्रो हटाइ अतिक्रमित वनक्षेत्र बरामद गरिएको छ ।

पोखरेलका अनुसार अतिक्रमणकारीले घरछाप्रो नजिक राष्ट्रिय वनको करिब १ हेक्टर जग्गा कब्जा गरि फिल्ड समेत तयार गरिएको अवस्थामा उक्त अतिक्रमण हटाइएको हो । घटनास्थलमा अतिक्रमणकारी फेला नपरेको हुँदा वनक्षेत्र अतिक्रमण गर्ने ब्यक्तिको खोजी तिब्र पारिएको छ । उक्त वनक्षेत्रमा यसै बर्ष बृक्षारोपण गर्ने र सामुदायिक वन उपभोक्ता समुहलाइ सो क्षेत्र हस्तान्तरण गरि संरक्षण गर्ने डिभिजन वन कार्यालय पाल्पाको कार्यक्रम रहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago