साउदीका महिलाहरूले अब सेनाका विभिन्न पदमा भर्ती हुन पाउने

रियाद । साउदी अरबको रक्षा मन्त्रालयले महिलाहरूले पनि देशको सेनामा भर्ती हुन पाउने अधिकारसम्बन्धी नयाँ घोषणा गरेको छ । यसमा त्यहाँका महिलाहरूले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी न्याभी, साउदी मिसाइल फोर्स, मेडिकल फोर्सलगायत सबैतर्फ आवेदन दिन सक्ने बताइएको छ ।

फाइल फोटो

वास्तवमा यो राजकुमार मोहोम्मद बिन सल्मानको ‘भिजन २०३०’ परियोजनाअन्तर्गतको कदम भएको बताइएको छ । जसमा उनले महिलाहरूलाई सबै क्षेत्रमा अघि बढाउन नियमहरू परिमार्जित गराउँदै लैजाने वचन दिएका थिए ।
साउदी अरबमा महिलाहरूलाई धेरै काममा सीमित गरिएको छ- जस्तै रेस्टुरेन्ट, क्यासिअर, सपिङ मललगायतमा महिलाहरूलाई काम गर्न अनुमति छैन । यी काममा उनीहरू सम्बन्ध नभएका पुरुषहरूसँग सम्पर्कमा आउनुपर्ने हुनाले महिलालाई त्यस्ता काममा राख्ने गरिएको छैन ।

तर अब भने बिस्तारै उनीहरूले पुरुषका लागि मात्र भनिएका काममा पनि सहभागी हुने देखिएको छ । सेनामा भर्ती हुनेसम्बन्धी चाहिँ २०१९ मै अनुमति दिइने भनिएको थियो । त्यही वर्ष राज्यले महिलाहरूलाई देशबाहिर जाँदा पुरुष नातेदारको अनुमति आवश्यक पर्ने नियम पनि हटाएको थियो ।

रक्षा मन्त्रालयले महिला र पुरुष दुवैका लागि सेनाका विभिन्न पदमा आवेदन खुलाइएको घोषणा गरेको हो । मन्त्रालयका अनुसार महिलाहरू अब सेना, ल्यान्स कोर्पोरल्स, सर्जिएन्ट्स र स्टाफ सर्जिएन्ट्सका रुपमा कार्यरत हुन पाउनेछन् । यसमा उनीहरूको उमेर २१ देखि ४० वर्षबीच हुन आवश्यक रहेको बताइएको छ । त्यस्तै उचाइ पनि १५५ सेन्टिमिटरभन्दा माथि हुनुपर्ने बताइएको छ ।

यसमा भर्ना हुने सबै प्रक्रियामा पास भई सफा रेकर्ड अनि शारीरिक रुपमा स्वस्थ हुन पनि जरुरी रहेको छ । यसैगरी सबैसँग स्वतन्त्र राष्ट्रिय परिचयपत्र पनि हुनुपर्ने हुन्छ, उच्च शिक्षा प्राप्त गरेको हुनुपर्नेछ भने साउदीभन्दा बाहिरका पुरुषसँग विवाह गरेको हुनु हुँदैन ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago