गलकोटको सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर हुँदा स्थानीय चिन्तित

बागलुङ। सोमबार दिउँसो देखि गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । भैँसे दान सिङ डाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुला चौर सामुदायिक वनसम्म फैलिएको छ ।

फाइल फोटो
आगलागीको कारण दान सीङ डाँडा सामुदायिक वनको झन्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मान बहादुर भण्डारीले जानकारी दिए । दिउँसो देखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयले आगो निभाउने प्रयास गरेता पनि अहिले आगो नियन्त्रण बाहिर रहेको उनले बताए ।
सोही आगो छिमेकी वडाको ठुला चौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायिक वनको झन्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिए । आगोको कारण दानसिंह सामुदायिक वन सँगै जोडिएको गगन पानी सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ को झन्डै ५ हेक्टर क्षेत्रफल वन क्षेत्र पनि क्षति भएको बताइएको छ ।

ठुला चौर महिला सामुदायिक वन, दान सीङ डाँडा सामुदायिक वन सिमाना जोडिएका वन हुन । आगो अहिले पनि जङ्गलमा फैलिरहेको छ । आगो बस्ती तिर आउने खतरा रहेको भन्दै स्थानीयवासी चिन्तित भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुबेदार टिका बहादुर थापाले जानकारी दिए ।

आगो निभाउन स्थानीय र प्रहरीको सक्रियता रहेको वडा अध्यक्ष थापाले बताए । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी, वनमा रहेका रुख बिरुवा जलेर नष्ट भएका छन् । साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठुला चौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिइन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago