निर्वाचनका तयारीमा जुट्यो निर्वाचन कार्यालय

कर्णाली,९ माघ सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तय गरेपछि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ ।

फाइल फोटो

निर्वाचन आयोगको निर्देशनअनुसार कार्यालयले मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली अद्यावधिकलगायतका काम थालेको हो । निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयमा चहलपहल बढेको छ । कार्यालयले सरोकारवाला निकायसँग निर्वाचनलक्षित कार्यक्रमबारे छलफल शुरुआत गरेको छ । निर्वाचन कार्यालयले आज मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक सम्पन्न ग¥यो । जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा मतदान केन्द्र पुनरावलोकन र मतदाता अद्यावधिक कार्यक्रमसम्बन्धी छलफल गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु, बसाइसराईलगायतका कारण मतदाताको विवरण हटाउनेदेखि नामावलीमा रहेका त्रुटीहरु सच्याउन माघ १६, १७ र १८ गते प्रत्येक स्थानीय तहमा अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । यसका लागि निर्वाचन कार्यालयले माघ ११ गते सुर्खेतका नौवटै स्थानीय तहबाट एक÷एक जना कर्मचारीलाई सहायक नाम दर्ता अधिकारीका रुपमा तालीम दिई खटाउँदैछ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगको निर्देशनमा यही पुस ५ गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन कार्य बन्द गरेको छ । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँका दुई क्षेत्रमा १३८ मतदानस्थल र २६३ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल नबढ्ने तर मतदाता हेरी केन्द्रको सङ्ख्या थप हुने बताइएको छ । कार्यालयले यसपटक २७६ मतदान केन्द्र हुने अनुमान गरेको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतमा दुई लाख चार हजार ५७७ मतदाता थिए । यसपटक करिब १५ हजार मतदाता थपिएका छन् । सबैभन्दा बढी प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा थपिएका छन् । कार्यालयका सूचना अधिकारी हिरानन्द पोखरेलले आयोगको निर्देशनअनुसार मतदानस्थलको भौगोलिक निर्देशाङ्क लिने काम भइरहेको बताउनुभयो । त्यसका लागि सबै मतदान केन्द्रहरूमा पुगेर जीपीएसमार्फत फोटो खिची निर्वाचन आयोगमा पठाउने काम भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी रेग्मीले निर्वाचनसम्बन्धी कार्यक्रमहरुमा सबै राजनीतिक दलबाट सहयोग प्राप्त भएको बताउनुभयो । “निर्वाचनका नियमित कार्यक्रमहरुमा सबै दलको सकारात्मक सहयोग छ, हामीले आयोगको कार्ययोजनानुसार काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “अहिले आयोगबाट स्वीकृत कार्यक्रम जिल्ला निर्वाचन कार्यालय पठाउने, प्रमुख नामदर्ता अधिकारी तोक्ने, जिल्ला निर्वाचन कार्यालयबाट तथ्याङ्क प्राप्त गर्ने, तथ्याङ्क एकीकरण गर्ने र प्राप्त तथ्याङ्कको जिल्लागत मतदाता नामावली तयार गर्ने काम भइरहेको छ, यी सबै काममा दलको सहयोग पाएका छौँ ।” कार्यालयले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ । प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । यदि कसैले झुट्टा विवरण दिई नामावलीमा समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि सूचना दिने, बसाइँ सरी अन्यत्र गएका लगायतको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्नेदेखि दाबी विरोधसम्मका कार्य यही माघ २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले मतदाता नामावलीमा नामदर्ता कार्य बन्द गरेको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago