काठमाडौं : जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बुधबार सपथ ग्रहण गरेका छन् । सपथ लिएर कार्यभार सम्हालेकोकेही घण्टामै राष्ट्रपति बाइडेनले विभिन्न कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् । उनले मुख्यगरी, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकोकार्यकालमा बिग्रिएका अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई सुधार गर्ने प्रयास गरेका छन् ।
बाइडेनले बुधबार जलवायु परिवर्तन सम्बन्धी ‘पेरिस सम्झौता’ मा पुनः प्रवेश गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यस्तै, अमेरिकालाईविश्व स्वास्थ्य संगठनमा पुनः प्रवेश गराउने निर्णय गरेका छन् । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा पेरिस सम्झौता रसन् २०२० मा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय गरेका थिए । बाइडेनले आदेशमा हस्ताक्षर गरेको १ महिनाभित्र अमेरिकाआधिकारिक रुपमा पुनः पेरिस सम्झौतामा फर्किनेछ ।
यता, मुस्लिम देशहरुमा ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पनि बाइडेनले फुकुवा गर्ने भएका छन् । बाइडेनले उक्त आदेशमा पनि बुधबार नैहस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि अमेरिकाको स्टेट डिपार्टमेन्टलाई मुस्लिम देशको भिषा प्रोसेसिङ गर्न बाटो खुला भएको छ ।अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने र विश्व मामिलामा अमेरिकालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने बाइडेनको प्रतिज्ञाअन्तर्गत नै उक्त आदेशहरुमा हस्ताक्षर भएको हो ।
बाइडेनले बुधबार मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्य रोक्नका लागि पनि कार्यकारी आदेश दिएका छन् । मेक्सिकोसँगकोसीमामा पर्खाल लगाउने ट्रम्पको मुख्य एजेन्डा थियो । आलोचकहरुले ट्रम्पको उक्त एजेन्डा घृणावादी सोचको उपज भएको आरोपलगाउँदै आएका थिए । राष्ट्रपतिको कार्यकाल सुरु गरेको पहिलो दिन बाइडेनले पूर्व राष्ट्रपतिले गरेका निर्णयहरु उल्ट्याएका छन् ।विश्लेषकहरुले बाइडेनको उक्त कदमलाई अमेरिका र विश्वबीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको संकेतका रुपमा लिएका छन्।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…