पहिलो दिन देखिनै उल्टयाउन थाले ट्रम्पले गरेका निणर्य

काठमाडौं : जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बुधबार सपथ ग्रहण गरेका छन् सपथ लिएर कार्यभार सम्हालेकोकेही घण्टामै राष्ट्रपति बाइडेनले विभिन्न कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् उनले मुख्यगरी, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकोकार्यकालमा बिग्रिएका अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई सुधार गर्ने प्रयास गरेका छन्

 बाइडेनले बुधबार जलवायु परिवर्तन सम्बन्धीपेरिस सम्झौतामा पुनः प्रवेश गर्ने आदेशमा हस्ताक्षर गरेका छन् यस्तै, अमेरिकालाईविश्व स्वास्थ्य संगठनमा पुनः प्रवेश गराउने निर्णय गरेका छन् यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा पेरिस सम्झौता सन् २०२० मा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय गरेका थिए बाइडेनले आदेशमा हस्ताक्षर गरेको महिनाभित्र अमेरिकाआधिकारिक रुपमा पुनः पेरिस सम्झौतामा फर्किनेछ

 यता, मुस्लिम देशहरुमा ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पनि बाइडेनले फुकुवा गर्ने भएका छन् बाइडेनले उक्त आदेशमा पनि बुधबार नैहस्ताक्षर गरेका छन् हस्ताक्षरपछि अमेरिकाको स्टेट डिपार्टमेन्टलाई मुस्लिम देशको भिषा प्रोसेसिङ गर्न बाटो खुला भएको अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने विश्व मामिलामा अमेरिकालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने बाइडेनको प्रतिज्ञाअन्तर्गत नै उक्त आदेशहरुमा हस्ताक्षर भएको हो

बाइडेनले बुधबार मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्य रोक्नका लागि पनि कार्यकारी आदेश दिएका छन् मेक्सिकोसँगकोसीमामा पर्खाल लगाउने ट्रम्पको मुख्य एजेन्डा थियो आलोचकहरुले ट्रम्पको उक्त एजेन्डा घृणावादी सोचको उपज भएको आरोपलगाउँदै आएका थिए राष्ट्रपतिको कार्यकाल सुरु गरेको पहिलो दिन बाइडेनले पूर्व राष्ट्रपतिले गरेका निर्णयहरु उल्ट्याएका छन् विश्लेषकहरुले बाइडेनको उक्त कदमलाई अमेरिका विश्वबीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको संकेतका रुपमा लिएका छन्

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago