नेप्सेको प्राविधिक विश्लेषणः लगानीकर्ताले ध्यान दिनुपर्ने २७५० र २७८१ का महत्वुर्ण बिन्दुहरु

गतहप्ता बिहिबार नेप्से परिसूचक करिब ३२ अंकले घटेर २७६९ तिर बन्द हुदै गर्दा हामीले अब बजारमा २७५० को बलियो सपोर्ट रहेको कुरा बताएका थियौ।  आज बजार घट्दै जाने क्रममा लगभग २७५० कै हाराहारीसम्म आइ त्यहाँबाट फर्किन सुरु गर्दै ११.६० अंकले घट्दै २७५७.५३ को बिन्दुमा बन्द भयो।

आज नेप्सेमा बनेको क्यान्डललाइ प्राविधिक विश्लेषणको भाषामा ‘स्पिनिङ्ग टप’ भनिन्छ।  यसको अर्थ आजको बजारमा खरिदकर्ता र बिक्रिकर्ता दुबैको लगभग समान उपस्थिति रहेको थियो भन्ने बुझिन्छ।  आजको बजारमा खरिदकर्ताले पनि जित्न सकेनन भने बिक्रीकर्ताले पनि जित्न सकेनन।

स्पिनिङ्ग टप क्यानडल बनिसकेपछि अब त्यो क्यान्डलको तल्लो बिन्दुले अब सपोर्टको रुपमा काम गर्दछ भने माथिल्लो बिन्दुले रेसिस्टेन्सको  रुपमा काम गर्ने गर्दछ।

यस अर्थमा अब लगानीकर्ताहरुले ध्यान दिनुपर्ने विन्दुहरू भनेका २७५० र २७८१ का दुइ बिन्दुहरु हुन्।  बजार २७५० बाट पनि तल खस्दै जान थालेको खण्डमा बजार अझै तल झर्ने देखिन्छ भने बजार बढ्दै जाने क्रममा २७८१  भन्दा माथि जान सक्यो भने अर्को हेर्नुपर्ने बिन्दु भनेको २८००-२८२५ को बिन्दु हुन जान्छ।  २८२५ को बिन्दुलाई क्रस गरेर माथि नगएसम्म बजारमा ठुलो मुभ आउने देखिदैन।

भोलुम पर्स्पेक्टिभ बाट हेर्दा आज बजार घटेको दिन कम भोलुम आउनु राम्रो कुरा हो ।  यसले घटेको बजारमा सेयर बेच्न लगानीकर्ताहरु तयार छैनन् भन्ने देखाउछ।

बजारलाई RSI पर्स्पेक्टिभ बाट हेर्दा RSI साइडवेज देखिन्छ।  अहिले ५०.९० को लेभलमा रहेको RSI ६० क्रस गरेपछि मात्रै बजारमा ठुलो मुभ आउने देखिन्छ।

नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला ।  लगानीकर्ताले  शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला । शेयर बजार जोखिमको क्षेत्र हो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago