गतहप्ता बिहिबार नेप्से परिसूचक करिब ३२ अंकले घटेर २७६९ तिर बन्द हुदै गर्दा हामीले अब बजारमा २७५० को बलियो सपोर्ट रहेको कुरा बताएका थियौ। आज बजार घट्दै जाने क्रममा लगभग २७५० कै हाराहारीसम्म आइ त्यहाँबाट फर्किन सुरु गर्दै ११.६० अंकले घट्दै २७५७.५३ को बिन्दुमा बन्द भयो।
आज नेप्सेमा बनेको क्यान्डललाइ प्राविधिक विश्लेषणको भाषामा ‘स्पिनिङ्ग टप’ भनिन्छ। यसको अर्थ आजको बजारमा खरिदकर्ता र बिक्रिकर्ता दुबैको लगभग समान उपस्थिति रहेको थियो भन्ने बुझिन्छ। आजको बजारमा खरिदकर्ताले पनि जित्न सकेनन भने बिक्रीकर्ताले पनि जित्न सकेनन।
स्पिनिङ्ग टप क्यानडल बनिसकेपछि अब त्यो क्यान्डलको तल्लो बिन्दुले अब सपोर्टको रुपमा काम गर्दछ भने माथिल्लो बिन्दुले रेसिस्टेन्सको रुपमा काम गर्ने गर्दछ।
यस अर्थमा अब लगानीकर्ताहरुले ध्यान दिनुपर्ने विन्दुहरू भनेका २७५० र २७८१ का दुइ बिन्दुहरु हुन्। बजार २७५० बाट पनि तल खस्दै जान थालेको खण्डमा बजार अझै तल झर्ने देखिन्छ भने बजार बढ्दै जाने क्रममा २७८१ भन्दा माथि जान सक्यो भने अर्को हेर्नुपर्ने बिन्दु भनेको २८००-२८२५ को बिन्दु हुन जान्छ। २८२५ को बिन्दुलाई क्रस गरेर माथि नगएसम्म बजारमा ठुलो मुभ आउने देखिदैन।
भोलुम पर्स्पेक्टिभ बाट हेर्दा आज बजार घटेको दिन कम भोलुम आउनु राम्रो कुरा हो । यसले घटेको बजारमा सेयर बेच्न लगानीकर्ताहरु तयार छैनन् भन्ने देखाउछ।
बजारलाई RSI पर्स्पेक्टिभ बाट हेर्दा RSI साइडवेज देखिन्छ। अहिले ५०.९० को लेभलमा रहेको RSI ६० क्रस गरेपछि मात्रै बजारमा ठुलो मुभ आउने देखिन्छ।
नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला । लगानीकर्ताले शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला । शेयर बजार जोखिमको क्षेत्र हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…