डा. भीमबहादुर रावल महाधिवेशनमा अध्यक्ष पदमा अग्रसर

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्छु भनेपछि आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा अग्रसर भएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत औपचारिक उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष रावलले ओलीको योग्यता, क्षमता जनताले देखिसकेको र नेतृत्व हस्तान्तरण गर्ने घोषणापछि आफू अघि सरेको उल्लेख गरेका छन् ।

ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भई महत्वपूर्ण जिम्मेवारी बहन गरिसकेको भन्दै रावलले यस क्रममा देश र जनताको लागि उनले गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेको उल्लेख गरेका छन् ।

’उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु,’ रावलले भनेका छन् ।

पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे आफूमाथि भरोसा गरी ढुक्क हुन रावलले ओलीलाई आग्रह गरेका छन् । ’मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु,’ उनले भनेका छन् ।

रावलले आफ्नो उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन आफूप्रति सद्भाव प्रदर्शन गर्न ओली तथा नेतृत्व तहमा रहेका सबै नेतालाई आह्वान गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago