उच्च कारोबार गर्ने १० ब्रोकर कुन–कुन ? कसले कतिको किने / बेचे ?

काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमाकेही बिक्रीचाप परेको छ। कारोबार पनि सवा ४ अर्ब रुपैयाँभन्दा थोरै बढी मात्रै भएको छ।

उच्च कारोबार गर्ने ब्रोकर कम्पनीहरुमा आज पनि नासा सेक्युरिजि (स्टक ब्रोकर नम्बर ५८) नै पहिलो स्थानमा छ। नासाले आज ४६ करोड २७ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २९ करोड १३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ l

दोस्रो स्थानमा त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) रहेको छ। यो ब्रोकरले आज १६ करोड ४८ लाखबराबरको सेयर खरिद गरेर २४ करोड ६९ करोड रुपैयाँबराबरको बिक्री गरेको छ।

आज इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) तेस्रो स्थानमा छ। इम्पेरियलले १६ करोड २० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले १९ करोड ९४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

उच्च कारोबार गर्ने ब्रोकरको चौथोमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) रहेको छ। यो ब्रोकरले ११ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २३ करोड रुपैयाँबराबरको बिक्री गरेको छ।

आज अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) कारोबारको हिसाबले पाँचौँ स्थानमा छ। १४ करोड ५९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको अनलाइनले आज १९ करोड रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

छैटाँै स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ। भिजनले१६ करोड ७१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १५ करोड २६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।

आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) १४ करोड २५ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दै सातौँ स्थानमा रहन सफल भएको छ। आर्यतारले आज १५ करोड २६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

आठौँमा आज दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नं. ३८) रहेको छ। आज १५ करोड ३१ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दै दिपशिखाले १३ करोड ३८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।

नवौँ र दसौँ नम्बरमा क्रमशः अरुण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३) र सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २०) रहेका छन्। अरुणले ६ करोड १८ लाखबराबरको सेयर खरिद गरेर १९ करोड ९४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। सिप्लाले भने १० करोड ५३ लाख रुपैयाँबराबरको  सेयर खरिद गरेको छ भने १४ करोड ५७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।

आज २ करोड २६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको नागरिक स्टक डिलरले १५ लाख ४२ हजार रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago