अमेरिकी सेयर बजारमा अक्टोबर महिना यताकै उच्च गिरावट साथै भारतीय सेयर बजारमा ३ दिन लगातार गिरावट

काठमाडौं : कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण बढ्दै गएपछि लगानीकर्ताहरुमा पनि त्रासको वातावरण सिर्जना भएको छ । जसका कारण विश्वभरको सेयर बजार प्रभावित बनेको छ । सोमबार अमेरिकी सेयर बजारमा अक्टोबर महिना यताकै उच्च गिरावट आएको छ । डाउ जान्स सूचक ७२५ अंक अर्थात २.१% ले घटेको छ । जुन ९ महिना यताकै उच्च हो । पछिल्लो पटक गत अक्टोबरमा डाउ जोन्स सूचक एकै दिन ९४३ अंकले घटेको थियो ।
यस्तै, एस एन्ड पी ५०० सूचक १.६% र नास्डाक कम्पोजिट १.१% ले तल आएको छ । यद्दपि, मंगलबारको फ्यूचर्स कारोबारमा भने अमेरिकी बजारले सम्हालिने प्रयास गरेको छ । फ्यूचर्स कारोबारमा डाउ जोन्स फ्यूचर्स ०.७%, एस एन्ड पी ५०० फ्यूचर्स ०.५% र नास्डाक १०० फ्यूचर्स पनि ०.५% ले वृद्धि भएको छ ।
यता, भारतीय सेयर बजारमा ३ दिन लगातार गिरावट आएको छ । मंगलबार पनि भारतका दुवै वटै प्रमुख बजारमा गिरावट आएको छ । बीएसइ सेन्सेक्स ३५४.८९ अंकले घटेको छ भने निफ्टी ५० मापनि १२०.३० अंकको गिरावट आएको छ । सूचीकृत कम्पनीहरुको मिश्रित वित्तीय विवरण र डेल्टा भेरियन्टका कारण सेयर बजार प्रभावित भएको विश्लेषकहरुले बताएका छन् ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago