सामुदायिक प्राकृतिक चिकित्सालयलाई ल्याव सम्बन्धी उपकरण

जापान । नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याव सम्बन्धीका करिब ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याप संचालन र स्थापनाका लागी शनिबार एक कार्यक्रमका विच उपकरण हस्तान्त्रण गरेको छ ।

समाजले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा प्रकिर्तिक प्रकोप, शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र लगायत अरु बिभिन्न जिल्लामा आएका समस्याहरु मा सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवलपुर समाज जापान संस्थापक अध्यक्ष केशब पौडेलले सामुदायिक प्राकृतिक चिकित्सालयमा प्याथोलोजी ल्याव संचालन गर्न र विरामिलाई थप उपचारको लागी बाहिर जान नपरोस भन्ने उदेश्यले सहयोग गरिएको बताउनुभयो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालयमा भएका विरामीहरुलाई ल्याव नहुँदाको कारण थप उपचारको लागि नारायणगढ चितवन पठाउनुपर्ने बाध्यता हटेको भन्दै ल्याप स्थापनाको लागि उपकरण सहयोग गर्ने नवलपुर समाज जापानलाई धन्यबाद व्यक्त गर्नुभयो । संविधान सभा सदस्य महेन्द्रध्वज जि सीले विदेश पलाएन भएर पनि आफनो जन्मभुमिलाई आफुले पसिना बगाएर जम्मा गर्नुभएको रकमको केहि प्रतिशत सामुदायिक प्राकृतिक चिकित्सालयको लागि ल्याव सम्बन्धीका उपकरणहरु सहयोग गर्ने नवलपुर समाज जापानलाई आभार व्यक्त गर्नुभयो ।

सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरी सापकोटाले नवलपुरमा नै सर्व सुलभ हुने गरि ल्याव प्याथोलोजि संचालन गरिने बताउनुभयो । उहाँले लकडाउन खुकुलो भएमा पुरानो सेवामा फर्कर्ने बताउनुभयो ।कार्यक्रममा नवलपुर समाज जापानका कार्यसमिति महासचिब सुरेश सापकोटा, सचिब राजु भण्डारी, आरती गैरे, आजिवन सदस्य प्रमानन्द सापकोटा, मन्दिप सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालयका पूर्व निर्वाचन समिति २०७६/०७७ का गोविन्द प्रसाद गैरे संचालक समितिका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago