जापान । नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याव सम्बन्धीका करिब ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याप संचालन र स्थापनाका लागी शनिबार एक कार्यक्रमका विच उपकरण हस्तान्त्रण गरेको छ ।
समाजले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा प्रकिर्तिक प्रकोप, शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र लगायत अरु बिभिन्न जिल्लामा आएका समस्याहरु मा सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवलपुर समाज जापान संस्थापक अध्यक्ष केशब पौडेलले सामुदायिक प्राकृतिक चिकित्सालयमा प्याथोलोजी ल्याव संचालन गर्न र विरामिलाई थप उपचारको लागी बाहिर जान नपरोस भन्ने उदेश्यले सहयोग गरिएको बताउनुभयो ।
सहयोग हस्तान्त्रण कार्यक्रममा देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालयमा भएका विरामीहरुलाई ल्याव नहुँदाको कारण थप उपचारको लागि नारायणगढ चितवन पठाउनुपर्ने बाध्यता हटेको भन्दै ल्याप स्थापनाको लागि उपकरण सहयोग गर्ने नवलपुर समाज जापानलाई धन्यबाद व्यक्त गर्नुभयो । संविधान सभा सदस्य महेन्द्रध्वज जि सीले विदेश पलाएन भएर पनि आफनो जन्मभुमिलाई आफुले पसिना बगाएर जम्मा गर्नुभएको रकमको केहि प्रतिशत सामुदायिक प्राकृतिक चिकित्सालयको लागि ल्याव सम्बन्धीका उपकरणहरु सहयोग गर्ने नवलपुर समाज जापानलाई आभार व्यक्त गर्नुभयो ।
सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरी सापकोटाले नवलपुरमा नै सर्व सुलभ हुने गरि ल्याव प्याथोलोजि संचालन गरिने बताउनुभयो । उहाँले लकडाउन खुकुलो भएमा पुरानो सेवामा फर्कर्ने बताउनुभयो ।कार्यक्रममा नवलपुर समाज जापानका कार्यसमिति महासचिब सुरेश सापकोटा, सचिब राजु भण्डारी, आरती गैरे, आजिवन सदस्य प्रमानन्द सापकोटा, मन्दिप सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालयका पूर्व निर्वाचन समिति २०७६/०७७ का गोविन्द प्रसाद गैरे संचालक समितिका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…