पाल्पा । पाल्पामा शुक्रबार १ सय ७४ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । १ सय १ पुरुष र ७३ जना महिलाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन्। केही दिनयता पाल्पामा संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ।
यस्तै ५९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको माथागढीका २९, रामपुरका १, पूर्वखोलाका २, रम्भाका १, बगनासकालीका ६, तिनाउका १, रिब्दीकोटका १ र तानसेनका १८ जना गरी ५९ जना कोरोना संक्रमित थपिएका हुन् । ७४ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका संक्रमितसंगै हालसम्म जिल्लामा सक्रिय संक्रमित संख्या १ हजार ४ सय ९९ पुगेको छ । जसमध्ये अस्पतालमा ७५ जनाको उपचार भईरहेको छ भने १ हजार ४ सय २४ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्ंक्रमणका कारण मृत्यु हुनेको संख्या हाल सम्म ७३ पुगेको छ ।
पछिल्लो केही दिनमा नयाँ संक्रमितको संख्यामा कमी देखिए पनि मृत्यु हुनेको संख्या भने घटेको छैन। पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको थियो। पाल्पामा कोरोना संक्रमण बाट दैनिक मृत्युु हुनेको औसत संख्या २ रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…