गलकोट स्पोर्ट्स क्लव जापानको छैठौं रनिङ शिल्भर कप हुँदै ।

थम्मन थापा , बागलुङ वैशाख ८ जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस क्लव टोकियोको ७ औं वार्षिकोत्सवको अवसरमा छैटौं रनिङ सिल्भरकप प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

क्लबले मे २४ तारिख सोमबार टोकियोको ओता सिटी हिगासी कामतामा रनिङ सिल्भरकप प्रतियोगिता गर्ने निर्णय गरेको छ । अप्रिल १९ तारिक कार्यसमितीको भर्चुअल बैठकबाट अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका भलिबल खेलप्रेमी संघ सस्था र खेलाडीहरुलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ । प्रतियोगितामा प्रथम पूरस्कार ३ लाख, सिल्भर कप र दित्तिय पुरस्कार २ लाख येन कप सहित मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । कल्बले यसपटक सेमीफाईनल पुग्ने २ टिमलाई सान्तवना पुरस्कार नगद ५०÷५० हजार जापानी एन मेडल र प्रमाण पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

यसका साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरिने क्लबका अध्यक्ष लक्ष्मण कार्किले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वटा बिधागत पुरस्कार अन्तरगर्त वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट क्विकर, वेस्ट ब्लकर, वेस्ट डिफेन्सिव, वेस्ट सर्भर, वेस्ट लिब्रो, वेस्ट कोच लाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मे २० तारिक समयअवधी सम्म औपचारिक रुपमा टिम दर्ता भएका खेलाडीहरुलाई खेलमा समाबेश गराउने मुल आयोजक समिति प्रचारप्रसार संयोजक तथा क्लवका सचिव हिमाल कडेलले जानकारी दिनुभयो । जापानमा निरन्तर छैठौ भलिबल प्रतियोगिता गर्ने गलकोट स्पोर्टस् क्लव टोकियो एक मात्र नेपाली संस्था हो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago