गलकोट स्पोर्ट्स क्लव जापानको छैठौं रनिङ शिल्भर कप हुँदै ।

थम्मन थापा , बागलुङ वैशाख ८ जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस क्लव टोकियोको ७ औं वार्षिकोत्सवको अवसरमा छैटौं रनिङ सिल्भरकप प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

क्लबले मे २४ तारिख सोमबार टोकियोको ओता सिटी हिगासी कामतामा रनिङ सिल्भरकप प्रतियोगिता गर्ने निर्णय गरेको छ । अप्रिल १९ तारिक कार्यसमितीको भर्चुअल बैठकबाट अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका भलिबल खेलप्रेमी संघ सस्था र खेलाडीहरुलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ । प्रतियोगितामा प्रथम पूरस्कार ३ लाख, सिल्भर कप र दित्तिय पुरस्कार २ लाख येन कप सहित मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । कल्बले यसपटक सेमीफाईनल पुग्ने २ टिमलाई सान्तवना पुरस्कार नगद ५०÷५० हजार जापानी एन मेडल र प्रमाण पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

यसका साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरिने क्लबका अध्यक्ष लक्ष्मण कार्किले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वटा बिधागत पुरस्कार अन्तरगर्त वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट क्विकर, वेस्ट ब्लकर, वेस्ट डिफेन्सिव, वेस्ट सर्भर, वेस्ट लिब्रो, वेस्ट कोच लाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मे २० तारिक समयअवधी सम्म औपचारिक रुपमा टिम दर्ता भएका खेलाडीहरुलाई खेलमा समाबेश गराउने मुल आयोजक समिति प्रचारप्रसार संयोजक तथा क्लवका सचिव हिमाल कडेलले जानकारी दिनुभयो । जापानमा निरन्तर छैठौ भलिबल प्रतियोगिता गर्ने गलकोट स्पोर्टस् क्लव टोकियो एक मात्र नेपाली संस्था हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago