काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्थाले चैत २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले १२% बोनस सेयर र कर तिर्न०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । यस्तै, बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्रतथा नियमावली संशोधन हुनेछ ।
सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना महिला सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेकोछ । मिथिलाले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिनेभएको छ । कम्पनीले हाल कायम १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ चुक्ता पुँजीमा १२% बोनस प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनसपछि चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ पुग्नेछ । सभा होटल राजदरबार एन्ड नवरंग रिसोर्ट, जनकपुरधनुसामा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि चैत १७ गते बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…