चूरे संरक्षणमा जनताको सहभागिता आवश्यक’

सिद्धार्थनगर,चूरेको संरक्षणमा स्थानीय जनताको सहभागिता तीनै तहका सरकारको समन्वय आवश्यक रहेको सरोकारवालाले बताउनुभएको चूरेको माटो चूरेलाई, सफा पानी सबैलाईभन्ने मूल नाराका साथ राष्ट्रपति चुरे तराईमधेश संरक्षण विकास समितिको आयोजनामाआजदेखि लुम्बिनीमा शुरु भएको तीन दिने वार्षिक योजना तर्जुमा गोष्ठीको उद्घाटन कार्यक्रममा वक्ताले देशलाई मरुभूमिकरणबाटजोगाउन चूरेको संरक्षण जरुरी रहेकामा जोड दिनुभयो

लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री लीला गिरीले प्राकृतिक वस्तुको उपभोग गर्ने विषयमा बढ्ता प्रयोगभएको तथा प्राकृतिक बस्तुको अन्धाधुन्द प्रयोग भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो उहांले भन्नुभयो, “नदीजन्य पदार्थ वनपैदावारकोदुरुपयोग भएको , हरियाली डाडाँ नाङ्गिदै गएका छन्

मन्त्री गिरीले जसरी सामुदायिक कबुलियत वनको अवधारणाअन्तर्गत स्थानीय जनताको प्रत्यक्ष सहभागिता तथा अगुवाइमावनजङ्गल जोगाउन सफल भइयो, त्यसैगरी चूरे संरक्षणमा पनि स्थानीयवासी आम जनताको सहभागिता हुनेगरी कार्यक्रम आउनु जरुरीरहेको बताउनुभयो गिरीले भन्नुभयो, “ढुङ्गा,गिट्टीको उत्खनन वन जङ्गलको संरक्षणका लागि आम जनताको सहभागिता जरुरी

राष्ट्रपति चूरे तराईमधेश संरक्षण विकास समितिका सदस्यसचिव डा कृष्ण आचार्यले प्रदेश स्थानीय तहलाई पनि सँगसँगै लैजाने गरीगुरुयोजना परिमार्जन गर्न लागिएको बताउनुभयो आचर्यले भन्नुभयो, “वार्षिक योजना तर्जुमा गोष्ठीमा देशैभरका पाँच वटा क्लसटरकोयोजना आउछन्, ती योजनामाथि गम्भीर छलफल गरेर हामी आगामी वर्षका लागि गुरुयोजना बनाउछौं

राष्ट्रपति चूरे तराईमधेश संरक्षण विकास समितिका लागि लम्की, बुटवल, चितवन, जनकपुर सलकपुरमा कलस्टर स्थापना भई कामगरिरहेका छन् तीनै कलस्टरमार्फत कार्यक्रम लागू भएको ९३ स्थानीय तहमा सरोकारवालासँग छलफल गरी तयार गरिएकोकार्यक्रममाथि गहन छलफल गरी कार्यक्रमको अन्तिम रुप दिने तयारीस्वरुप लुम्बिनीमा गोष्ठी आयोजना गरिएको बताइएको

छलफलमा वन तथा वातावरण मन्त्रालयका योजना महाशाखा प्रमुख प्रकाश लम्साल, उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयकासचिव डा राजेन्द्र केसी, नेपाली सेनाका सहयाक रथी लवकुमार रायमाझीलगायतले चूरे संरक्षणको लागि स्थानीयवासीकोसहभागितामूलक कार्यक्रम प्रभावकारी हुनेमा जोड दिनुभयो

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago