चौथो विश्व युद्धलाई कल्पना गरेर नेपाली गेम ‘World War 4 – Endgames’ सार्वजनिक हुँदै l

चौथो विश्व युद्धलाई परिकल्पना गरेर बनाइएको नेपाली गेम ‘वर्ल्ड वार फोर–एण्डगेम्स (World War 4 – Endgames) रणनीति बनाउँदै युद्ध लड्न सकिने गरी बनाइएको यो गेम आगामी चैत २२ गते सार्वजनिक हुने भएको छ।

खासगरी नेपाली युवा पुस्तालाई लक्षित गरेर ल्याइएको वर्ल्ड वार फोर–एण्डगेम्स विकास गर्न २ वर्ष अध्ययन गरिएको एस्ट्रिक टेक्नोलोजी प्रालिले बताएको छ।

विश्वमा भएका विभिन्न युद्धका घटनालाई भर्चुअल माध्यमबाट वास्तविकतामा उतार्न एस्ट्रिक टेक्नोलोजी प्रालिले अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेमलाई नेपाली प्रोडक्टको रुपमा डेभलप गरेको हो।

पछिल्लो समय नेपाली युवा विदेशी अनलाइन गेममा लिप्त छन्। तर, वर्ल्ड वार फोर–एण्डगेम्स अहिले बजारमा उपलब्ध विदेशी गेमभन्दा निकै फरक छ। यो एउटा स्ट्राटेजिक गेम हो। हिंसात्मक युद्धलाई प्रतिस्थापन गर्ने गरी यो गेम डिजाइन गरिएको छ।

पोडामाइब नेपालले डिजाइन र डेभलप गरेको यो गेम एकैचोटी लाखौं व्यक्तिले एक साथ खेल्न सक्ने छन्। वर्ल्ड वार फोर–एण्डगेम्सको स्टोरी सन् २०३० मा सेट गरिएको छ, जुन बेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ।

वर्ल्ड वार फोर–एण्डगेम्सका प्रोजेक्ट म्यानेजर अनुराधा भण्डारी भन्छिन्, ‘यो गेम टाउकोमा भुटु-टु गोलि हानेर खेल्ने जस्तो हिंसात्मक खेल नभएर रणनैतिक गेम हो’।

‘तेस्रो विश्व युद्धपछिको भताभुङ्ग स्थितिमा तपाईं आठओटा बाँकी देशहरु मध्ये कुनै एक देशको नागरिक हुनुहुनेछ जहाँ तपाईं काम गर्नुहुन्छ, पैसा कमाउनु हुन्छ, नयाँ कम्पनी खोल्नुहुन्छ, विभिन्न कच्चा पदार्थ तथा सामाग्री उत्पादन गर्नुहुन्छ, सयौं अन्य खेलाडीलाई रोजगारी दिनुहुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सामान किनबेच गर्नुहुन्छ, शेयर बजारमा लगानी गर्नुहुन्छ, देशलाई आर्थिक रुपमा अब्बल बनाउनु हुन्छ र चाहिने बेलामा देशको लागी लड्नुहुन्छ।’

यो गेमले उत्साह तथा मनोरञ्जनका साथसाथै समूह व्यवस्थापन तथा टिम वर्कको विकास र शेयर बजारमा भएका जोखिम र अवसरलाई बुझ्नका लागी पनि मद्दत पुर्याउने प्रोजेक्ट म्यानेजर भण्डारीको भनाई छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago