चौथो विश्व युद्धलाई कल्पना गरेर नेपाली गेम ‘World War 4 – Endgames’ सार्वजनिक हुँदै l

चौथो विश्व युद्धलाई परिकल्पना गरेर बनाइएको नेपाली गेम ‘वर्ल्ड वार फोर–एण्डगेम्स (World War 4 – Endgames) रणनीति बनाउँदै युद्ध लड्न सकिने गरी बनाइएको यो गेम आगामी चैत २२ गते सार्वजनिक हुने भएको छ।

खासगरी नेपाली युवा पुस्तालाई लक्षित गरेर ल्याइएको वर्ल्ड वार फोर–एण्डगेम्स विकास गर्न २ वर्ष अध्ययन गरिएको एस्ट्रिक टेक्नोलोजी प्रालिले बताएको छ।

विश्वमा भएका विभिन्न युद्धका घटनालाई भर्चुअल माध्यमबाट वास्तविकतामा उतार्न एस्ट्रिक टेक्नोलोजी प्रालिले अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेमलाई नेपाली प्रोडक्टको रुपमा डेभलप गरेको हो।

पछिल्लो समय नेपाली युवा विदेशी अनलाइन गेममा लिप्त छन्। तर, वर्ल्ड वार फोर–एण्डगेम्स अहिले बजारमा उपलब्ध विदेशी गेमभन्दा निकै फरक छ। यो एउटा स्ट्राटेजिक गेम हो। हिंसात्मक युद्धलाई प्रतिस्थापन गर्ने गरी यो गेम डिजाइन गरिएको छ।

पोडामाइब नेपालले डिजाइन र डेभलप गरेको यो गेम एकैचोटी लाखौं व्यक्तिले एक साथ खेल्न सक्ने छन्। वर्ल्ड वार फोर–एण्डगेम्सको स्टोरी सन् २०३० मा सेट गरिएको छ, जुन बेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ।

वर्ल्ड वार फोर–एण्डगेम्सका प्रोजेक्ट म्यानेजर अनुराधा भण्डारी भन्छिन्, ‘यो गेम टाउकोमा भुटु-टु गोलि हानेर खेल्ने जस्तो हिंसात्मक खेल नभएर रणनैतिक गेम हो’।

‘तेस्रो विश्व युद्धपछिको भताभुङ्ग स्थितिमा तपाईं आठओटा बाँकी देशहरु मध्ये कुनै एक देशको नागरिक हुनुहुनेछ जहाँ तपाईं काम गर्नुहुन्छ, पैसा कमाउनु हुन्छ, नयाँ कम्पनी खोल्नुहुन्छ, विभिन्न कच्चा पदार्थ तथा सामाग्री उत्पादन गर्नुहुन्छ, सयौं अन्य खेलाडीलाई रोजगारी दिनुहुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सामान किनबेच गर्नुहुन्छ, शेयर बजारमा लगानी गर्नुहुन्छ, देशलाई आर्थिक रुपमा अब्बल बनाउनु हुन्छ र चाहिने बेलामा देशको लागी लड्नुहुन्छ।’

यो गेमले उत्साह तथा मनोरञ्जनका साथसाथै समूह व्यवस्थापन तथा टिम वर्कको विकास र शेयर बजारमा भएका जोखिम र अवसरलाई बुझ्नका लागी पनि मद्दत पुर्याउने प्रोजेक्ट म्यानेजर भण्डारीको भनाई छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago