सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न अध्यक्षमा पुन: थापा चयन ।

बागलुङ, माघ ९ ।सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुन: दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सह-सचिवमा शेर बहादुर थापा, कोषाध्यक्षमा अम्मर बहादुर थापा र सह- कोषाध्यक्षमा बाबुराम थापा रहेका छन । सदस्यहरुमा खिम बहादुर थापा, डिल बहादुर थापा, बेलुकाजी थापा, मीन बहादुर थापा, थुमा थापा र टिका कुमारी थापा रहेका छन ।अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, चन्द्र बहादुर थापा, भोज कुमारी थापा र भीम बहादुर थापा चयन गरेको छ । त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा थम्मन थापा सन्देश, दल थापा र हुम बहादुर थापा रहेका छन । सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ५ सदस्यीय टीका बहादुर थापा, गंगा बहादुर थापा, ज्ञान बहादुर थापा र लोक बहादुर थापा चयन गरिएको बताइएको छ । यता लेखा समिति संयोजकमा राज थापा केहरसिंह थापा र सदस्य झम बहादुर थापा रहेका छन ।  समाजले विभिन्न उपसमिति समेत गठन गरेको छ जस अन्तर्गत भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति रहेको छ । समाजका संरक्षक तथा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापा र क्याम्पसका लेखापाल तथा बुद्धिजीवी हुम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गरेका थिए भनें विभिन्न विधामा सम्मान समेत गरिएको थियो ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago