सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न अध्यक्षमा पुन: थापा चयन ।

बागलुङ, माघ ९ ।सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुन: दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सह-सचिवमा शेर बहादुर थापा, कोषाध्यक्षमा अम्मर बहादुर थापा र सह- कोषाध्यक्षमा बाबुराम थापा रहेका छन । सदस्यहरुमा खिम बहादुर थापा, डिल बहादुर थापा, बेलुकाजी थापा, मीन बहादुर थापा, थुमा थापा र टिका कुमारी थापा रहेका छन ।अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, चन्द्र बहादुर थापा, भोज कुमारी थापा र भीम बहादुर थापा चयन गरेको छ । त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा थम्मन थापा सन्देश, दल थापा र हुम बहादुर थापा रहेका छन । सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ५ सदस्यीय टीका बहादुर थापा, गंगा बहादुर थापा, ज्ञान बहादुर थापा र लोक बहादुर थापा चयन गरिएको बताइएको छ । यता लेखा समिति संयोजकमा राज थापा केहरसिंह थापा र सदस्य झम बहादुर थापा रहेका छन ।  समाजले विभिन्न उपसमिति समेत गठन गरेको छ जस अन्तर्गत भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति रहेको छ । समाजका संरक्षक तथा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापा र क्याम्पसका लेखापाल तथा बुद्धिजीवी हुम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गरेका थिए भनें विभिन्न विधामा सम्मान समेत गरिएको थियो ।
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago