प्रवासी नेपाली एकता मञ्च नागोयाको क्षेत्रिय भेला सम्पन्न ।

जापान । जापानमा नेकपाको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च ( च्युवु ) नागोयाको क्षेत्रिय भेला सनिवार सम्पन्न भएको छ । नेकपा विभाजन पछि प्रवासमा पनि त्यसको प्रभाव परिरहेको अवस्थामा ओली पक्षिय भेला आयोजना गरिएको हो। उक्त भेला प्रवासी नेपाली एकता मञ्च जापानका केन्द्रिय सदस्य मिलन घिमिरेको अध्यक्षता एवं प्रवासी नेपाली एकता मञ्च जापानका सचिव डा सरोज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन प्रवासी नेपाली एकता मञ्च जापानका केन्द्रिय सदस्य रामकुमार थापाले र स्वागत मन्तव्य केन्दिय सदस्य महेश खड्काले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा कँडेलले देशको समसामुहिक अवस्था तथा जापानमा रहेका नेपाली समुदायको दायित्व विषयमा चर्चा गरेका थिए। कार्यक्रममा प्रवासी नेपाली मञ्च जापानका केन्दिय सदस्य विनोदकुमार सापकोटा , व्यवशायी राजकुमार अधिकारी ,किरण तिवारी , जिवन घिमिरे ,रिभाष ओस्ती लगाएतले मन्तव्य व्यक्त गरेका थिए। भेलाले निकट भविश्यमा अधिवेशन गर्नका लागी तर्दश समिति समेत गठन गरेको छ । १५ सदस्यिय समितिको अध्यक्षमा सुवाश रुपाखेती र सचिवमा कुमार अधिकारी चयन भएका छन् ।सदस्यहरुमा सिपी जमर्कट्टेल ,कमल खड्का ,रबिन सापकोटा ,रोहन घलान ,आशिष अधिकारी ,नारायण कंडेल ,अमित गिरी ,शुशिल पौडेल ,प्रदिप रायमाझी ,कबिन श्रेष्ठ, ईन्दु लामिछाने ,नबिन रिमाल र शुनिल श्रेष्ठ रहेका छन् l
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago