प्रवासी नेपाली एकता मञ्च नागोयाको क्षेत्रिय भेला सम्पन्न ।

जापान । जापानमा नेकपाको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च ( च्युवु ) नागोयाको क्षेत्रिय भेला सनिवार सम्पन्न भएको छ । नेकपा विभाजन पछि प्रवासमा पनि त्यसको प्रभाव परिरहेको अवस्थामा ओली पक्षिय भेला आयोजना गरिएको हो। उक्त भेला प्रवासी नेपाली एकता मञ्च जापानका केन्द्रिय सदस्य मिलन घिमिरेको अध्यक्षता एवं प्रवासी नेपाली एकता मञ्च जापानका सचिव डा सरोज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन प्रवासी नेपाली एकता मञ्च जापानका केन्द्रिय सदस्य रामकुमार थापाले र स्वागत मन्तव्य केन्दिय सदस्य महेश खड्काले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा कँडेलले देशको समसामुहिक अवस्था तथा जापानमा रहेका नेपाली समुदायको दायित्व विषयमा चर्चा गरेका थिए। कार्यक्रममा प्रवासी नेपाली मञ्च जापानका केन्दिय सदस्य विनोदकुमार सापकोटा , व्यवशायी राजकुमार अधिकारी ,किरण तिवारी , जिवन घिमिरे ,रिभाष ओस्ती लगाएतले मन्तव्य व्यक्त गरेका थिए। भेलाले निकट भविश्यमा अधिवेशन गर्नका लागी तर्दश समिति समेत गठन गरेको छ । १५ सदस्यिय समितिको अध्यक्षमा सुवाश रुपाखेती र सचिवमा कुमार अधिकारी चयन भएका छन् ।सदस्यहरुमा सिपी जमर्कट्टेल ,कमल खड्का ,रबिन सापकोटा ,रोहन घलान ,आशिष अधिकारी ,नारायण कंडेल ,अमित गिरी ,शुशिल पौडेल ,प्रदिप रायमाझी ,कबिन श्रेष्ठ, ईन्दु लामिछाने ,नबिन रिमाल र शुनिल श्रेष्ठ रहेका छन् l
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago