काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटनको विरुद्ध कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो । वडास्तरीय प्रदर्शनमा घर घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन नेपाली काङ्ग्रेसले आग्रह गरेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…