फाइल फोटो
नेपालगन्ज ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन्। शुक्रबार बेलुकी गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन्।
म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिट्ठी फुकेका थिए। म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिलाई चलायमान बनाउने समय आएको धारणा राखेका थिए।
नेपालगन्ज म्याराथनले स्थानीयदेखि खेल क्षेत्रका भेट्रानहरू समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रूपमा सूचीकृत गराउन पहल गर्ने बताए। ‘राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको मन्त्री अथकले बताए।
म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको सहर भएको बताए। विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगे पनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी व्यक्त गरे। स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…