पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने कानून

काठमाडौं । पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने कानून पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो ।

विद्येयकमा लामो समयसमम्म बलात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ । त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ ।

जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ । यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’

पाकिस्तानमा बलात्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो कट्टरपन्थी इस्लामिक समूहले भने बलात्कारीलाई दिइने यो सजायको प्रवाधानको बिरोध जनाएको छ ।

इस्लामिक कानूनमा कसैलाई नपुङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाएको छ ।

पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक बलात्कार भएको घटनापछि दोसीमाथि कडा कारवाही गनरिनुपने आवाज उठेको थियो ।

यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै बलात्कारीलाई नपुङ्सक बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago