हावा भर्ने ट्यांकी पड्किँदा शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा एक जनाको मृत्यु

वीरगञ्ज – हावा भर्ने ट्यांकी पड्किँदा शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

ग्यारेजमा रहेको हावा भर्ने ट्यांकी पड्किँदा कटहरिया नगरपालिका–५ निवासी २० वर्षीय सम्सुल मियाँको मृत्यु भएको हो।

मियाँले सञ्चालन गरेको ग्यारेजमा रहेको हावा भर्ने ट्यांकीमा पम्पसेट चलाएर हावा भर्ने क्रममा अचानक पड्किएको थियो।

ट्यांकी पड्किँदा घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए।

ट्यांकीको फलामको टुक्रा लागेर ग्यारेजमा बसिरहेका २५ वर्षीय जैसी यादव घाइते भएका छन्। उनको वीरगञ्जमा उपचार भइरहेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago