काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्न ग्लोबललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। सो सम्बन्धमा नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ ।
सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । नेष्डोलाई नेपालराष्ट्र बैंकले “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत दिएको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ रजारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्थापक समूहको हिस्सा ७०% सेयर छ । यस लघुवित्तमा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुले १७ करोड २१ लाख २५हजार रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता गरिसकेका छन् । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। यद्दपि, धितोपत्र बोर्डमा निवेदन दिएर बोर्डको अनुमति पाएपछि मात्र आइपीओ जारी हुनेछ ।
नेष्डो समृद्धिले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरीवित्तीय सेवा दिँदै आइरहेको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकबाटवित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिएर काम गर्दै आइरहेको थियो । २०७५ फाल्गुन २९ गते नेपाल राष्ट्र बैंकले लघुवित्तवित्तीय संंस्थाको रुपमा काम गर्न इजाजत दिएपछि आफ्नो वित्तीय कारोबार सुरु गरेको कम्पनीले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…