स्वास्थ्य मन्त्रालयले तथ्यांक सच्याए पनि गल्ती कायमै

जेठ, काठमाडौं स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही सुधार भएका छन् यद्यपि केही सूचना भने अझै गलत नै छन् त्यसमध्ये भक्तपुर अस्पताल भक्तपुरमा आईसीयू बेडको संख्या वटा भेन्टिलेटरको संख्या पनि वटा नै रहेको अस्पताललेजनाएको तर स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उपलब्ध भेन्टिलेटरको संख्या बनाएको गत सोमबारसार्वजनिक भएको तथ्यांकमा बनाएको थियो

मन्त्रालयको तथ्यांक अनुसार किस्ट अस्पताल, ग्वार्कोमा जेनेरलर/एचडीयू १७६, आइसीयू ३७, भेन्टिलेटर १७ उपलब्ध त्यसमध्येएचडीयुमा ११ जना, आईसीयूमा ११ जना भेन्टिलेटरमा जना उपचाररत रहेको तथ्यांकले देखाउँछ तर, अस्पतालमा करिब ३५एचडीयु (क्रिटिकल केयर) बेड १२ वटा भेन्टिलेटर सञ्चालित अहिले एचडीयूमा २८ जना भेन्टिलेटर सबै प्रयोगमा छन् बाँकीरहेको एचडीयूमा अक्सिजन अभावको कारण संक्रमित भर्ना गर्न नसकेको अस्पताल प्रमुख अमिश पाठकले बताए

उनले भनेअक्सिजन अभावको कारण हामी आफैं उद्योगसम्म अक्सिजन लिन गयौं उद्योगमा समेत पहुँचवालाले मात्रै पाउन थालेपछिभर्ना कम गरेका हौं अस्पतालले मन्त्रालयको आधिकारिक सफ्टवेयरमा अस्पतालले अपडेट गरेको हुनाले मन्त्रालयले सार्वजनिकगरेको तथ्यांक फरक नहुनुपर्ने उनको भनाइ

त्यही क्रममा आफू पनि संक्रमित हुन गई आइसोलेसनमा बसिरहेको उनले बताए सरकारले अक्सिजन जनशक्ति परिचालन गर्न सकेसम्झौता अनुरूप बिरामी उपचार गर्ने उनको भनाइ क्रिटिकल केयरमा कार्यरत स्वास्थ्यकर्मीहरु संक्रमित भएर आइसोलसनमाबस्नुपर्ने स्थिति हुँदा पनि नयाँ बिरामी भर्ना गर्न नसक्ने भएकोले सरकारले जनशक्ति परिचालन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ मन्त्रालयले अक्सिजन उपलब्ध गराउने भएकोले थप सात जना भर्ना लिने अस्पतालले निर्णय गरेको पाठकले बताए

अस्पतालले मन्त्रालयसँग २०० बेड कोरोना संक्रमितको लागि प्रयोग गर्ने सम्झौता गरेको थियो संक्रमित बढ्दै जाँदा केही दिन अघिसम्म१०० जनासम्म भर्ना गरेर उपचार गरेको तर अक्सिजनको अभाव हुन थालेपछि भर्ना कम गर्दै गरेको अस्पताल प्रमुख पाठकले बताए

त्यस्तै, काठमाडौं मेडिकल शिक्षण अस्पताल सिनामंगलमा क्रिटिकल केयर भेन्टिलेटर गरी डेढ सय भर्ना गर्न सकिने अवस्था भए पनिअक्सिजनको अभावको कारण अहिले १७ जना मात्रै उपचाररत रहेको अस्पतालका अध्यक्ष सुनिल शर्माले बताए बाँकीमा अक्सिजनअभावको कारण भर्ना गर्न नसकेको शर्माले बताए

उनले भनेहामीसँग पर्याप्त अक्सिजन छैन अब भर्ना गर्न सक्ने अवस्थामा छैनौं मन्त्रालयमा बिहान ११ बजेसम्म भित्र रिपोर्ट पठाउनेभएकाले तथ्यांक फरक पर्न गएको उनको भनाइ शर्माले यदि सरकारले अक्सिजनको आपूर्ति सहज बनाउने हो भने दुई घन्टाभित्र दुईसय बेड सञ्चालन गर्न सक्ने दाबी समेत गरे

सम्पर्क नम्बर व्यक्ति नै गलत

मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा विभिन्न अस्पतालको सम्पर्क व्यक्तिको नाम नम्बर समेत गलत दिएको यसमा पनिकाठमाडौं मेडिकल शिक्षण अस्पताल, सिनामंगलको सम्पर्क व्यक्तिको नाम डा.राजिव मानन्धर सम्पर्क नम्बर ९८५११९०५७६ उल्लेख यो नम्बरमा सम्पर्क गर्न खोज्दानम्बर रजिष्ट्रर गरिएको छैनभन्ने टेलिकमको सूचना सुनिन्छ अस्पतालका अध्यक्ष सुनिल शर्मालेभने यसबारेमा आफूलाई जानकारी नभएको बताए

त्यस्तै, अर्को किस्ट अस्पताल, ग्वार्कोमा सम्पर्क व्यक्ति डा. कविता हाडाको दिइएको तथ्यांकमा उल्लेखित नम्बरमा फोन गर्दा उनलेआफू इमरजेन्सीको डाक्टर भएको बताउँछिन्  अनलाइनखबरलाई उनले भनिन्मेरो यो नम्बर तपाईंलाई कसले दियो ? यो सम्बन्धितव्यक्ति होइन इमरजेन्सी डाक्टर हुँ अस्पतालमा फोन गरेर सूचना लिनु होला डा.कविताले सूचनाको लागि बारम्बार फोन आउनेगर्न थालेपछि फोन नै उठाउन छोडेको समेत बताइन्

अस्पतालका अपरेसनल इन्चार्ज अमिश पाठकले भने आफू संक्रमित भएको अवस्थामा मन्त्रालयबाट गएका टोलीले इमरजेन्सीकोएचओडीको नम्बर लगेको सोही तथ्यांकमा राखेको हुनसक्ने बताए

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago