नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौँ, ७ वैशाख घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

फाइल फोटो

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । नेदरल्यान्ड्सको जितका लागि बास डी लिड र बेन कुपर नायक बने । बास डी लिडले ४२ बलमा सात चौका र पाँच छक्कासहित ८१ रनका साथ अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । त्यस्तै बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३५ बलमा १० चौका प्रहार गरे । नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए । उनले १५ बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै म्याक्स ओ डाउडले नौ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २०६ रन जोडेको थियो । नेपालका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुवैले ७८ रनको साझेदारी गरे । ओपनर कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले ६० रनको योगदान दिए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे ।

त्यसैगरी सोमपाल कामीले २१ रन जोेड्दा कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ तथा विनोद भण्डारीले ७ रन जोडे । नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान दुई÷दुई विकेट लिए । त्यस्तै बास दे लीड, आर्यन दत्तले एक÷एक विकेट लिए । जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा ब्यहोरेको हारको बदलासमेत लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago