नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौँ, ७ वैशाख घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

फाइल फोटो

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । नेदरल्यान्ड्सको जितका लागि बास डी लिड र बेन कुपर नायक बने । बास डी लिडले ४२ बलमा सात चौका र पाँच छक्कासहित ८१ रनका साथ अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । त्यस्तै बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३५ बलमा १० चौका प्रहार गरे । नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए । उनले १५ बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै म्याक्स ओ डाउडले नौ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २०६ रन जोडेको थियो । नेपालका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुवैले ७८ रनको साझेदारी गरे । ओपनर कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले ६० रनको योगदान दिए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे ।

त्यसैगरी सोमपाल कामीले २१ रन जोेड्दा कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ तथा विनोद भण्डारीले ७ रन जोडे । नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान दुई÷दुई विकेट लिए । त्यस्तै बास दे लीड, आर्यन दत्तले एक÷एक विकेट लिए । जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा ब्यहोरेको हारको बदलासमेत लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago