नेपालमा कोराना संक्रमण बढेपछि जापानी कम्पनी द्वारा माक्स सहयोग

जापान । नेपालमा कोरोना संक्रमण बढेसंगै पोखरामा जापनिज कम्पनीको माक्स उपहार स्वरुप प्रदान गरेको छ।

जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको हो। उक्त कम्पनी जापानको कित्ता नागोयामा रहेको छ।पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रम मार्फत कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङको कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले जानकारी गराए। उक्त कम्पनी नेपालमा स्थापनाको लागी सहजिकरण गरेका जापानको नागोया स्थित चुबु युनिभरसिटिमा कार्यरत डा सुदिप अधिकारीका अनुसार उक्त जापनिज कम्पनी यसअघि पनि नेपालमा विभिन्न सामाजिक कार्यमा कृयाशिल छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त भइरहेको अवस्थामा यसले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने उनको भनाई छ l त्यस्तै पोखरा महानगरपालिकाका मेयर मानवहादुर जीसीले जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए । उक्त जापनिज कम्पनीले नेपालबाट जापानमा पक्षिक्षार्थी कामदार ल्याई जापानमा रोजगारी दिई रहेको छ। पछिल्लो समय मात्र नेपालबाट केयर किपरको रुपमा २ दर्जन नेपालीहरु जापानको नागोयामा कार्यरत रहेको बताइएको छ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago