गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष गिरिजाप्रसादको शालिक अनावरण

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक आज अनावरण गरिएको छ ।

inaruwaonline.com/बाट साभार गरिएको

झापामा स्थापना गरिएको यो उहाँको पहिलो शालिक हो । कोइरालको ११औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस क्षेत्रीय समितिले मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित कार्यालयमा निर्माण गरेको शालिकको अनावरण गरिएको हो । नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले शालिकको अनावरण गर्नुभयो । भारतको जयपुरबाट नेपाली रु एक लाख २० हजारमा खरिद गरेर उहाँको अर्धकदको प्रतिमा ल्याइएको नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति मणि उप्रेतीले जानकारी दिनुभयो । उहाँले नेपाली राजनीतिका शिखर पुरुष कोइराला स्मृतिलाई जीवन्त राख्न कार्यालयको बरण्डामै उहाँको शालिक राखिएको बताउनुभयो । शालिक निर्माणका लागि पार्टीका कार्यकर्ताबाटै रकम सङ्कलन गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago