फाइल फोटो
काठमाडौं, माघ ७ । इन्डियन प्रिमियर लिग-आईपीएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ।
नयाँ सिजनका लागि अक्सन हुनुअघि दिल्लीले सन्दीपलाई रिलिज गरेको हो। अब उनी आगामी फेब्रुअरीमा हुने अक्सनमा सहभागी हुन पाउने छन्।तीन सिजनयता उनी दिल्लीमा थिए। सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आईपीएलको पछिल्लो सिजनमा उनी टोलीमा रहेर पनि एक खेल पनि खेल्न पाएका थिएनन्। दिल्लीले विदेशी खेलाडीका रुपमा किमो पल, जेसन रोय र एलेक्स कारेलाई पनि रिलिज गरेको छ। भारतीय खेलाडीका रुपमा दिल्लीले मोहित शर्मा र तुसार देसपाण्डेलाई रिलिज गरेको छ।
तीन सिजन अघि दिल्लीले सन्दीपलाई प्रति सिजन २० लाख भारतीय रुपैयाँ दिने गरि आबद्ध गरेको थियो। मेगा अक्सनअघि दिल्लीले सन्दीपलाई रिलिज गरेन। यो सिजन मेगा अक्सन हुने भनिएपनि कोरोना महामारीका कारण अघिल्लो वर्ष झैँ मिनी अक्सन हुने तयारी छ। यद्यपी दिल्लीले सन्दीपलाई रिलिज गरेको हो। अब अक्सनमा उनलाई अन्य फ्रेन्चाइजले आबद्ध गर्न सक्नेछन्।दिल्लीले विदेशी खेलाडीका रुपमा कागिसो राबडा, एनरिच नोर्त्या, मार्कस स्टोइनिस, सिमरन हेटमेयर, ड्यानियल साम्स र क्रिस वोक्सलाई रिटेन गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…