फाइल फोटो
काठमाडौं, माघ ७ । इन्डियन प्रिमियर लिग-आईपीएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ।
नयाँ सिजनका लागि अक्सन हुनुअघि दिल्लीले सन्दीपलाई रिलिज गरेको हो। अब उनी आगामी फेब्रुअरीमा हुने अक्सनमा सहभागी हुन पाउने छन्।तीन सिजनयता उनी दिल्लीमा थिए। सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आईपीएलको पछिल्लो सिजनमा उनी टोलीमा रहेर पनि एक खेल पनि खेल्न पाएका थिएनन्। दिल्लीले विदेशी खेलाडीका रुपमा किमो पल, जेसन रोय र एलेक्स कारेलाई पनि रिलिज गरेको छ। भारतीय खेलाडीका रुपमा दिल्लीले मोहित शर्मा र तुसार देसपाण्डेलाई रिलिज गरेको छ।
तीन सिजन अघि दिल्लीले सन्दीपलाई प्रति सिजन २० लाख भारतीय रुपैयाँ दिने गरि आबद्ध गरेको थियो। मेगा अक्सनअघि दिल्लीले सन्दीपलाई रिलिज गरेन। यो सिजन मेगा अक्सन हुने भनिएपनि कोरोना महामारीका कारण अघिल्लो वर्ष झैँ मिनी अक्सन हुने तयारी छ। यद्यपी दिल्लीले सन्दीपलाई रिलिज गरेको हो। अब अक्सनमा उनलाई अन्य फ्रेन्चाइजले आबद्ध गर्न सक्नेछन्।दिल्लीले विदेशी खेलाडीका रुपमा कागिसो राबडा, एनरिच नोर्त्या, मार्कस स्टोइनिस, सिमरन हेटमेयर, ड्यानियल साम्स र क्रिस वोक्सलाई रिटेन गरेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…