सुर्खेत । छिटो–छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीले प्रर्दशन गरेका छन् । एक सातादेखि कार्यालय पुग्दैलाइनबस्दा पनि कार्यालयबाट सामान्य काम हुन नसकेको भन्दै सेवा ग्राहीहरुले मंगलबार प्रर्दशन गरेका हुन् ।
‘भ्रष्ट कर्मचारी आउट गर’, ‘नीति नियम पालना गर’, ‘जिल्ला प्रशासन र प्रदेश सरकार मुर्दावाद’, ‘सेवाग्राहीले छिटो–छरितो सेवा पाउँनैपर्छ’, ‘नेताका आसेपासे कर्मचारी हटाउँनै पर्छ,’ लगायतका नारा लगाउँदै सेवा लिन पुगेका सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन् ।
पैसा र पहुँच वालाहरुको काम दुई घण्टा भित्रै हुने गरेपनि आम नागरिकहरु भने महिना दिन कार्यालय धाउँदा समेत काम हुन नसकेकोसेवा ग्राहीको गुनासो छ ।
सेवा ग्राहीको संख्या बढ्दो र कर्मचारी संख्या कमहुँदा सेवा प्रवाहमा समस्या भएको मालपोल कार्यालयकी खरिदार निर्माला भूषाललेबताइन् । ‘कर्मचारीको ठूलो अभाव छ, यो प्रदेश राजधानीको मालपोत हो, दैनिक सयौं सेवाग्राहीहरु आउनु हुन्छ,’ उनले भनिन्, ‘कर्मचारीर भौतिक संरचनाको अभावले सेवा प्रवाहमा समस्या नै छ ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…