कानुन व्यावसायीहरुसँग ‘फाइट’ गर्ने २ युवक पक्राउ, अन्यको खोजी जारी

काठमाडौं । आन्दालनरत कानुन व्यावसायीहरुलाई फिल्डमै गएर धम्क्याउने दुई युवक पक्राउ परेका छन् ।
फाइल फोटो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका बेला केही अज्ञात युवकहरुले कानुन व्यावसायीहरसँग फइट’समत गरेका थिए । उनीहरुले कानुन व्यावसायीहरुलाई अपशब्द बोल्दै आन्दोलन रोक्न धम्की दिएका थिए । त्यसपछि कानुन व्यावसायीहरुसँग उनीहरुको सामान्य धक्कामुक्की भएको थियो ।

धम्की दिनेमध्येका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरलाई बिहीबार बेलुकी बौद्धबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । अन्यको खोजी जारी रहेकाे बताइएकाे छ। पक्राउ पर्नेमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेको बताइएको छ । उनीहरुमध्ये ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीकाको भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरलाई टेकुस्थित प्रहरी हिरासतमा राखिएको प्रहरीको भनाइ छ । उनीहरु कस्तो पृष्ठभूमीको र कोबाट परिचालित भएको या स्वतस्फूर्त बार आएको भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै धम्की दिनेमध्येका अन्य युवाहरु भने प्रहरीले पक्राउ गर्न सकिरहेको छैन ।

अझै अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । बिहीबार बारमा छिरेका उनीहरुबिरुद्ध कानुन व्यावसायीहरु नै खनिएपछि त्यहाँबाट भागेका थिए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago