काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलन एक दिनमै १० अर्ब रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिक २९ गते बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते बढेर ४८ खर्ब १ अर्ब रुपैयाँ भएको छ। यो एक दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। गत कात्तिक २९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते ४२ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।
यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक २९ गते कुल कर्जा ४० खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते घटेर ४० खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहेको छ। कात्तिक ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।
निक्षेप बढेसँगै सीडी रेसियो ९० प्रतिशतभन्दा मुनि झरेको छ। कात्तिक ३० गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८९.९१ प्रतिशतमा झरेको छ। गत कात्तिक २९ गते औसत सीडी रेसियो ९०.१४ प्रतिशत रहेको थियो।
अझै पनि १२ वटाभन्दा बढी बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको केन्द्रीय बैंकले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…