काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलन एक दिनमै १० अर्ब रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिक २९ गते बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते बढेर ४८ खर्ब १ अर्ब रुपैयाँ भएको छ। यो एक दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। गत कात्तिक २९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते ४२ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।
यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक २९ गते कुल कर्जा ४० खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते घटेर ४० खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहेको छ। कात्तिक ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।
निक्षेप बढेसँगै सीडी रेसियो ९० प्रतिशतभन्दा मुनि झरेको छ। कात्तिक ३० गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८९.९१ प्रतिशतमा झरेको छ। गत कात्तिक २९ गते औसत सीडी रेसियो ९०.१४ प्रतिशत रहेको थियो।
अझै पनि १२ वटाभन्दा बढी बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको केन्द्रीय बैंकले जनाएको छ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…
२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…