शिक्षा निजिकरण, व्यापारीकरण हुँदै माफियाको हातमा पुग्यो: विद्यार्थी नेता पुन ।

थम्मन थापा , बागलुङ, असोज ३ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनले यो देशको शिक्षा निजीकरण बाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेको बताएका छन ।

“ शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा भन्ने उद्घोषकका साथ जिल्लाको गलकोटमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीको २४ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले शिक्षा मुठीभर मान्छेको हातमा पुगेको भन्दै शिक्षामा विभेद र असमानता समेत रहेको उल्लेख गरे । उनले अहिले असमानता बढ्दै गईरहेकोले यसको अन्त्य गर्नको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीले संघर्षमा रहेको बताए । पुनले पछिल्लो समयमा समान शिक्षामा षड्यन्त्र भएको बताउदै जीवन बदल्ने जनवादी शिक्षाको महत्व सबैले बुझनुपर्ने बताए । जनयुद्वको बेसमा जनआन्दोलन हुँदै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विद्यार्थीहरु गणतन्त्रका सेनानी विद्यार्थी भएको पुनको भनाई छ । 

नेपालको ईतिहाँसमा कम्युनिष्ट विद्यार्थी आन्दोलनले प्रभावकारी भुमिका निर्वाह गरेको र आगामी दिनमा थप संघर्ष आवश्यक रहेको सम्पुर्ण विद्यार्थी गोलबन्द हुँदै एकतावद्व रहनुपर्ने औल्याएँ । सम्मेलनमा अखिल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह संयोजक हरि सिग्देल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारीका केन्द्रिय सदस्य तथा नवलपुर ईन्चार्ज अरविन्द्र भट्टराई, नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी छैठौ बागलुङका जिल्ला अध्यक्ष गणेश सापकोटा, नेपाल कम्युनिष्ट पार्टि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य राजीव घिमिरे, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य फमलाल निउरे, वाई सि एल का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश केसी, वाई सि एल केन्द्रिय सदस्य सबिना काउचा मगर लगायतले बोलेका थिए ।

 

२४ औं जिल्ला सम्मेलनले मिलन काउचा मगरको अध्यक्षतामा ४५ सदस्यिय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारी जिल्ला कार्य समितिको पुनर्गठन गरिएको छ । समितीको उपाध्यक्षमा प्रदिप सापकोटा, सचिवमा विकास कडेँल, कोषाध्यक्षमा देवि कुमारी रसाईली र अन्य सदस्यहरु रहेका छन । सम्मेलनमा सहभागी हुन जिल्लाभरबाट गलकोट आएका विद्यार्थीहरुले राष्ट्रघाती एमसीसी खारेज गर, शिक्षामा दलालीकरण मुर्दावाद, अनेरास्ववियु क्रान्तीकारी जिन्दावाद लगायतका प्लेकार्ड, झण्डा, ब्यानर सहित र्याली गर्दै हटिया बजार परिक्रमा गरेका थिए ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago