शिक्षा निजिकरण, व्यापारीकरण हुँदै माफियाको हातमा पुग्यो: विद्यार्थी नेता पुन ।

थम्मन थापा , बागलुङ, असोज ३ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनले यो देशको शिक्षा निजीकरण बाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेको बताएका छन ।

“ शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा भन्ने उद्घोषकका साथ जिल्लाको गलकोटमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीको २४ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले शिक्षा मुठीभर मान्छेको हातमा पुगेको भन्दै शिक्षामा विभेद र असमानता समेत रहेको उल्लेख गरे । उनले अहिले असमानता बढ्दै गईरहेकोले यसको अन्त्य गर्नको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीले संघर्षमा रहेको बताए । पुनले पछिल्लो समयमा समान शिक्षामा षड्यन्त्र भएको बताउदै जीवन बदल्ने जनवादी शिक्षाको महत्व सबैले बुझनुपर्ने बताए । जनयुद्वको बेसमा जनआन्दोलन हुँदै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विद्यार्थीहरु गणतन्त्रका सेनानी विद्यार्थी भएको पुनको भनाई छ । 

नेपालको ईतिहाँसमा कम्युनिष्ट विद्यार्थी आन्दोलनले प्रभावकारी भुमिका निर्वाह गरेको र आगामी दिनमा थप संघर्ष आवश्यक रहेको सम्पुर्ण विद्यार्थी गोलबन्द हुँदै एकतावद्व रहनुपर्ने औल्याएँ । सम्मेलनमा अखिल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह संयोजक हरि सिग्देल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारीका केन्द्रिय सदस्य तथा नवलपुर ईन्चार्ज अरविन्द्र भट्टराई, नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी छैठौ बागलुङका जिल्ला अध्यक्ष गणेश सापकोटा, नेपाल कम्युनिष्ट पार्टि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य राजीव घिमिरे, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य फमलाल निउरे, वाई सि एल का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश केसी, वाई सि एल केन्द्रिय सदस्य सबिना काउचा मगर लगायतले बोलेका थिए ।

 

२४ औं जिल्ला सम्मेलनले मिलन काउचा मगरको अध्यक्षतामा ४५ सदस्यिय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारी जिल्ला कार्य समितिको पुनर्गठन गरिएको छ । समितीको उपाध्यक्षमा प्रदिप सापकोटा, सचिवमा विकास कडेँल, कोषाध्यक्षमा देवि कुमारी रसाईली र अन्य सदस्यहरु रहेका छन । सम्मेलनमा सहभागी हुन जिल्लाभरबाट गलकोट आएका विद्यार्थीहरुले राष्ट्रघाती एमसीसी खारेज गर, शिक्षामा दलालीकरण मुर्दावाद, अनेरास्ववियु क्रान्तीकारी जिन्दावाद लगायतका प्लेकार्ड, झण्डा, ब्यानर सहित र्याली गर्दै हटिया बजार परिक्रमा गरेका थिए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago