सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावरको आइपिओ लाई धितोपत्र बोर्डको अनुमती

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड, मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेड र सामलिङ्ग पावर कम्पनीले सार्वजनिक निष्काशन तथा बिक्री गर्न आइपिओ जारी गर्ने सम्बन्धी दिएको निवेदनलाई नेपाल धितोपत्र बोर्डले अनुमती प्रदान गरेको छ।

धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्सलाई रु.१०० अंकित मुल्यको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न अनुमती दिएको छ। इन्स्योरेन्सले सर्वसाधारणका लागि शेयर जारी गरे पश्च्यात सर्वसाधारणको ३०% र संचालकको ७०% शेयर संरचना कायम रहने छ। सानिमा लाइफ इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

मानुषी लघुवित्तले भने रु.१०० अंकित मुल्यको ३ लाख ९३ हजार ७५० कित्ता प्राथमिक शेयर जारी गर्न अनुमती पाएको हो। शेयर जारी गरे पश्च्यात कम्पनीको शेयर संरचना सर्वसाधारणको ३६% र संचालकको ६४% कायम रहने छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

त्यसैगरी, सामलिङ्ग पावर कम्पनीले पनि स्थानिय र सर्वसाधारणका लागि शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमती पाएको छ। कम्पनीले रु.१०० अंकित मुल्यको १२ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमती पाएको हो। सामलिङ्ग पावरको निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago