देउवालाई मत दिने पार्टीका नेताले अक्षम्य अपराध गरे : सहासचिव ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् ।

गएको आइतवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको त्यो कदम पार्टीको राजनीतिक तथा साङ्गठनिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताए ।

आज सोमवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीको निर्णय विपरीत विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।

महासचिव पोखरलले भने, हाम्रो पार्टीको राजनीतिक, साङ्गठानिक जीवनमा यति अप्रिय घटना पनि घट्दैछन् । हिजो मात्रै हामीले देख्यौँ, हाम्रो पार्टीको निर्णय विपरीत विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमालेभित्रका कतिपय व्यक्तिले गर्नुभएको छ । यो पार्टीको राजनीतिक, साङ्गठनिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।

महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौती देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा पनि जोड दिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago