तानसेन । पाल्पामा बुधबार बार थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा ३७ पुरुष तथा ४६ महिलामा संक्रमण पुष्टि भएको हो । यो अबधिमा १ सय ६ जना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन।
थपिएका संक्रमितसंगै हालसम्म जिल्लामा सक्रिय संक्रमित संख्या १ हजार ५ सय ५३ पुगेको छ ।जसमध्ये अस्पतालमा ७९ जना र एचडियु कक्षमा ६ जना उपचाररत छन । यस्तै अस्पतालको आइसोलेशनमा ७३ जना रहेका छन भने १ हजार ४ सय ७४ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्ंक्रमणका कारण मृत्यु हुनेको संख्या हाल सम्म ६९ पुगेको छ ।
केहि दिन यता जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या कम थियो, भने बुधबार संक्रमित भन्दा निको हुनेको संख्या बढि देखिएको छ । प्रयाप्त रुपमा परिक्षण हुन नसक्दा संक्रमणहुनेको संख्या कम देखिएको हुन सक्छ । कोरोनाको लक्ष्यण देखिएका ब्यक्तिहरु बाहिर डुलिरहेको देखिन्छ जसले गर्दा संक्रमीत हुनेको संख्या धेरै रहेको अड्कल लिन सकिन्छ । संक्रमण न्यूनीकरणका लागी परिक्षणको दर बढाउन आवस्यक छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…