फाइल फोटो
ललितपुर, ६ वैशाख । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् ।
कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरिएको हो । विद्यालय सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने वा गरिने, कक्षा ८ र १० पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ पालना गरी यही वैशाख १५ गतेभित्र सम्पन्न गर्नुपर्ने, हरेक विद्यालयले स्वास्थ्य सुरक्षा पालना गरे वा नगरेका विषयमा नियमित अनुगमन गरिने शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोनाको सङ्क्रमण दर फैलँदै गएमा कक्षा ८ को अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षा विद्यार्थीलाई दिइएको परियोजना कार्यको मूल्याङ्कन यसअघि लिएको परीक्षाको औसत अङ्क अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्याङ्कन गर्नेगरी उक्त कार्यको तयारीसमेत गरेको वा गर्न अनुरोध गरेका छाँै ।”
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…