विद्यालय वैशाख मसान्तसम्म बन्द

ललितपुर, ६ वैशाख महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् ।

फाइल फोटो

कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरिएको हो । विद्यालय सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने वा गरिने, कक्षा ८ र १० पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ पालना गरी यही वैशाख १५ गतेभित्र सम्पन्न गर्नुपर्ने, हरेक विद्यालयले स्वास्थ्य सुरक्षा पालना गरे वा नगरेका विषयमा नियमित अनुगमन गरिने शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाको सङ्क्रमण दर फैलँदै गएमा कक्षा ८ को अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षा विद्यार्थीलाई दिइएको परियोजना कार्यको मूल्याङ्कन यसअघि लिएको परीक्षाको औसत अङ्क अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्याङ्कन गर्नेगरी उक्त कार्यको तयारीसमेत गरेको वा गर्न अनुरोध गरेका छाँै ।”

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago