सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै

सल्यान, ६ वैशाखनेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।

फाइल फोटो

जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हँुदै आएको छ । हेलिप्याड निर्माण भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिनुभयो । उहाँले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको हाताभित्र नाइटभिजन हेलिप्याड निर्माण गर्न लागिएको बताउनुभयो । “जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण राति हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापनमा ढिला हुँदै आएको छ ।

हेलिप्याड निर्माण भएपछि राति हुने विपद्का घटनामा हेलिकप्टर प्रयोग गरी उद्धार गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो । सेनाले जिल्लाका छ स्थानीय तहमा हेलिप्याड निर्माण गरेको छ । ती हेलिप्याडमा दिउँसो मात्रै हेलिकप्टर अवतरण हुन्छन् । राति अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले रु पाँच लाख उपलब्ध गराएको जनाइएको छ । हेलिप्याड निर्माण गर्न बाँकी स्थानीय तहमा समेत निर्माणका लागि स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय भइरहेको प्रमुख सेनानी बस्नेतले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago