नेपाल दुताबास अमेरिका द्वारा घुम्ति क़नसूलर सेवा सम्पन्न

 लक्ष्मण न्यौपाने  सिकाग़ो – नेपाली दूतावास अमेरिका द्वारा अहिलेको वर्तमान विषम परिस्थितिलाई मध्यनजर राख्दै आफ्ना नागरिकका लागि प्रदान गरिने सेवा तथा सुविधाहरु लाई सहज बनाउनका लागि घुम्ती कन्सुलर सेवा शिविर आयोजना गरेर राहदानी नविकरण, पर्यटक भिषा,ग़ैर आवासीय नेपाली परिचयपत्र ,अधिकृत वारीसनामा ,कागजात प्रमाणीकरण, एकतर्फी यात्रा जस्ता सेवाहरुलाई अमेरिकाका विभिन्न शहरहरुमा क्रमशः उपलब्ध गराउँदै जाने पूर्व योजनाअनुरुप अप्रिल 17 का दिन शिकागो करी ह्वाउस  मा पहिलो दिन र अप्रिल १८ दोस्रो दिनमा सिकागोल्याण्ड फ्रेन्डसिप सोसाइटीको कार्यालय भवनमा गरेर दुईदिने क़नसूलर घुम्ति  सेवा आयोजना गर्यो।  सिकागोमा रहेका झण्डै १२ वटा विभिन्न नेपाली संघसंस्थाहरुको द्वारा संयुक्त रूपमा उक्त कार्यक्रमलाई सहजीकरण गर्ने कार्य भयो । कार्यक्रमको दोस्रो दिन कन्सुलर सेवा सञ्चालन भइरहेको अवस्थामा  अमेरिकाकालागि नेपाली  राजदूत ड़ा  युवराज  खतिवडासँग अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन भयो।  कार्यक्रममा सिकारुका विभिन्न सङ्घसंस्थालाई प्रतिनिधित्व गर्दै संस्थाका प्रतिनिधिहरू , सिकाग़ो बासी सेवा ग्राहीहरूको उपस्थिति थियो ।

                 विगत लामो समयदेखि शिकागोमा बस्दै आइरहनुभएको बरिष्ट  समाजसेवी शारदा थापा कार्यक्रममा सभापति हुनुहुन्थ्यो भने डाक्टर  खतिवडा प्रमुख अतिथिका  हुनुहुन्थ्यो त्यसैगरी अनरी कौनस्लर मार्भिन ब्रोस्टिन  विशेष अतिथिका रुपमा पाल्नुभएको थियो। कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली  साहित्य समाज सिकाग़ो  च्याप्टर अध्यक्ष ईश्वर बगालेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि युवराज खतिवडाले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै यसरी घुम्ती शिविर मार्फत सेवा सुविधाहरु सहजरुपमा  सम्पूर्ण नेपालीका घर दैलोमै प्रदान गर्ने उद्देश्यले यसरी अमेरिकाका विभिन्न क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने कुराको जानकारी गराउनुभयो र सेवा सुरुवात सिकागो बाट गरिएको र आउँदा दिनहरुमा विभिन्न शहरहरुमा यसरी नै घूम्ती  सेवा  शिविरहरु सञ्चालन गर्दै जाने जानकारी गराउनुभयो।

                                           

                    कार्यक्रममा उपस्थित नेपाली सम्पूर्णले   उहाँलाई  नेपाल र अमेरिकाबीचको सम्बन्ध बिकाश ,नेपाल को एम सी सी बीबाद , एनआरएनका विभिन्न समस्या आदि  बारेमा उठाइएका प्रश्नहरु जिज्ञासाहरु  माथी प्रकाश पार्नू भयो । कार्यक्रममा डा खतिवडाले आफूले राजदूतको जिम्मेवारी पाएसँगै पूर्ण रुपमा नेपाल र नेपालीका लागि सहज हुने वातावरणको सृजना मा उहा लागिरहेको जानकारी गराउनुभएको थियो नेपालको औद्योगिक विकास पर्यटकीय विकास र समग्र आर्थिक विकासका निमित्त अमेरिका र नेपाल बीच  पुलको रुपमा आफू बसेर  यसलाई सहज गराइरहेको कुरा व्यक्त गर्नुभयो कार्यक्रमका संयोजक  बिष्णु फूयालले  कार्यक्रममा यसरी उपस्थित भै दिनु भएकोमा वहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यसरी घुम्ती सेवा शिविर प्रदान गरेर सिकांगो बासीलाई  सेवा सुविधा प्रदान गर्नु भएकोमा  हार्दिक आभार प्रकट गर्नुभयो कार्यक्रम अत्यन्तै फलदायी भएको प्रतिक्रिया सबै सेवाग्राहीहरुले पनि व्यक्त गरेका थिए।

laxman naupane

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago