तल्लो तहको फुटबल प्रशिक्षणका लागि दुई नगर र एन्फाबीच सम्झौता ।

खोटाङ, ६ चैत ।‘ग्रासरुट’ (तल्लो तह) को फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न खोटाङका दुई स्थानीय तह र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच सम्झौता भएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न एन्फासँग सम्झौता गरिएको हो ।
सांकेतिक तस्बिर फाइल फोटो
फुटबलको व्यावसायिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ एन्फाको रणनीतिक योजनाअनुसार विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एन्फाका कर्माछिरिङ शेर्पाले बताउनुभएको छ । सहमतिपत्रमा नगरपालिकाले नगरभित्र फुटबल खेलका लागि आवश्यक पूर्वाधारको विकास तथा निर्माण गर्नका लागि बजेटको व्यवस्था गरी नगरभित्रका खेल शिक्षक र छात्र÷छात्रालाई प्रशिक्षणको वातावरण सिर्जना गर्ने, एन्फाले खेलकूद सामग्री र प्राविधिक सहयोग तथा अन्य कार्यक्रमका लागि वातावरण सिर्जना गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ देखि प्रशिक्षक नियुक्त गरेर फुटबल र सितेरियो कराँतेको प्रशिक्षण सञ्चालन गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाले पुनः एन्फासँगको समझदारीमा विद्यालय–विद्यालयमै ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरेको अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता उद्घाटन गर्न खोटाङ आउनुभएको अवसरमा एन्फा अध्यक्ष शेर्पासँग दुवै नगरपालिकाले ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहमति गरेको हो । यस्तै खोटाङ फुटबल सङ्घले नगरभित्रका विद्यालयसँग समन्वय गरी एन्फाको नीति, नियम, योजनाअनुसार कार्य र अनुगमन तथा निरीक्षण गरी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने तथा ओम शिवशक्ति युवा समूह हलेसीले एन्फाको नीति, नियम, निर्देशनअनुसार सम्बन्धित सबैसँग समन्वय गरी उक्त कार्यक्रम सञ्चालन गर्ने गराउने सहमति कायम भएको छ । सहमपतिपत्रमा एन्फाका अध्यक्ष शेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राई, खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैँजू र ओम शिवशक्ति युवा समूहका अध्यक्ष नवीन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । ग्रासरुटको फुटबल विकासका लागि खोटाङका दुई नगरपालिका र एन्फाबीच भएको सम्झौता देशकै पहिलो भएको अध्यक्ष शेर्पाले बताउनुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा फुटबल खेलको विकास गर्न सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा खेलमैदान निर्माण तथा प्रशिक्षणका गतिविधि सञ्चालन गरिरहेका छन् । खेलमैदान निर्माण भइसकेका ठाउँहरुमा खेलकूद गतिविधि सञ्चालन हुन थालेपछि खेलाडीहरुसमेत लाभान्वित हुनेछन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सबै स्थानीय तहमा खेलमैदानका साथै भौतिक निर्माणको काम धमाधम भइरहेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा निर्माणाधीन खेलमैदानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । उता हलेसी तुवाचुुङ नगरपालिकामा पनि सबै वडामा खेलमैदान निर्माणको काम भइरहेको जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहका अधिकांश वडामा फुटबल खेलमैदान निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै पर्वत : पर्वतको मोदी गाउँपालिका –७ राम्जा देउरालीमा राष्ट्रियसभा अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । अध्यक्ष तिमिल्सिना सोही गाउँको पूर्वगाविस अध्यक्ष हुँदै तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत निर्वाचित हुनुभएको थियो । यही चैत १३ देखि १७ गतेसम्म आयोजना हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीले भाग लिने भएका छन् । लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शरणबहादुर क्षेत्रीले जानकारी दिनुभयो । भलिबल प्रतियोगिताको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा ‘नागरिकको सम्मान सुन्दर संसारको निर्माण’ विषयक रत्यौली र डोरी तान्ने प्रतियोगितासमेत आयोजना गरिने छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु २० हजार राशिको पुरस्कार पाउने भएका छन् । खेल क्षेत्रको विकास गरी प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको राम्जादेउरालीको पर्यटन विकास र प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता प्रचारप्रसार संयोजक रमेश केसीले जानकारी दिनुभयो । जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु सिन्धुली : सिन्धुलीमा दुईदिने तेस्रो मेयर कप प्रतियोगिता आजदेखि शुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घ सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिकाको प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा खुला डबल र भेट्रान इभेन्टका खेल हुने ब्याडमिन्टन सङ्घ सिन्धुलीका अध्यक्ष मीनकुमार दाहालले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको उहाँको भनाइ छ । प्रतियोगितामा खुला डबल (ए) इभेन्टमा १५ टोली, खुला डबल (बी) इभेन्टमा ३२ र भेट्रान इभेन्टमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा खुला डबल ‘ए’ तर्फ पहिलो हुनेलाई रु ३० हजार प्रदान गरिनेछ । दोस्रो हुनेलाई २० हजार एवं तेस्रो हुनेलाई १० हजार प्रदान गरिने सङ्घका अध्यक्ष दाहालले जानकारी दिनुभयो । त्यस्तै खुल्ला डबल ‘बी’ मा पहिलो हुनेलाई रु २० हजार, दोस्रोलाई १० हजार, र तेस्रो विजेतालाई पाँच हजार प्रदान गरिनेछ । भेट्रान इभेन्टमा प्रथम विजेतालाई रु २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई पाँच हजार प्रदान गरिने अध्यक्ष दाहालले बताउनुभयो ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago