महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा पक्राउ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ बस्ने २२ वर्षका जीवन भन्ने भीमबहादुर बुढाथोकी रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले जनाएको छ । काम गर्ने क्रममा स्काभेटरले ठक्कर दिएपछि नजिकै रहेको खाल्डोमा पुरेर भागेका उनलाई कञ्चनपुरथित नेपालभारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरिएको सिआइवीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ । गएको फागुन १७ गते सडक मर्मत गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ४० की सरस्वती कुमाललाई ठक्कर दिएपछि जिउँदै खोल्डोमा हालेर पुरिएको थियो । स्काभेटरको सहयोगमा प्रहरी र स्थानीयले खाल्डोबाट उनको शव निकालेका थिए । आक्रोसित स्थानीयले सोही बेला स्काभेटरसमेत जलाएका थिए । उक्त घटनापछि बुढाथोकी फरार थिए । उक्त घटनाको श्रव्यदृश्य समाजिक सञ्जालमा भाइरल बनेको थियो । भागेर भारत गएकाले तत्कालै पक्राउ गर्न सकिएको थिएन । उनी एक पटक नेपालगञ्ज आएको बेलामा पिछा गरेपनि प्रहरीको हातबाट फुत्किएको थापाले बताउनुभयो । त्यसपछि भागेर भारत जाने क्रममा कञ्चनुपुरस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको थापाले बताउनुभयो । ­­­

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago