महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा पक्राउ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ बस्ने २२ वर्षका जीवन भन्ने भीमबहादुर बुढाथोकी रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले जनाएको छ । काम गर्ने क्रममा स्काभेटरले ठक्कर दिएपछि नजिकै रहेको खाल्डोमा पुरेर भागेका उनलाई कञ्चनपुरथित नेपालभारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरिएको सिआइवीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ । गएको फागुन १७ गते सडक मर्मत गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ४० की सरस्वती कुमाललाई ठक्कर दिएपछि जिउँदै खोल्डोमा हालेर पुरिएको थियो । स्काभेटरको सहयोगमा प्रहरी र स्थानीयले खाल्डोबाट उनको शव निकालेका थिए । आक्रोसित स्थानीयले सोही बेला स्काभेटरसमेत जलाएका थिए । उक्त घटनापछि बुढाथोकी फरार थिए । उक्त घटनाको श्रव्यदृश्य समाजिक सञ्जालमा भाइरल बनेको थियो । भागेर भारत गएकाले तत्कालै पक्राउ गर्न सकिएको थिएन । उनी एक पटक नेपालगञ्ज आएको बेलामा पिछा गरेपनि प्रहरीको हातबाट फुत्किएको थापाले बताउनुभयो । त्यसपछि भागेर भारत जाने क्रममा कञ्चनुपुरस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको थापाले बताउनुभयो । ­­­

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago