संसद्‍मा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर, प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौंचैत ६ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षी र प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एवं सत्तापक्ष माओवादी केन्द्रका सांसदहरूले ओलीको राजीनामा माग गरेका हुन् ।

फाइल फोटो

बैठकमा बोल्दै कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिसकेपछि विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओलीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभयो । ‘विधिको शासन मान्ने हो भने प्रधानमन्त्रीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ?’, उहाँको प्रश्न छ ।

यस्तै नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुषालले ओलीकै सरकारका कानुन मन्त्री शेरबहादुर तामाङले बोलेको आधारमा र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको भ्रष्टचारको आरोपमा राजीनामा दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीमा त्यति पनि नैतिकता नदेखिएको टिप्पणी गर्नुभयो ।
फागुन ११ को फैसलापछि ओलीले नैतिकता देखाउँछन कि भन्ने लागे पनि राजनीतिलाई बदनाम गराउन प्रधानमन्त्री अग्रसर भएको आरोप लगाउनुभयो । भारतले दिएको कोरोनाको खोप स्वीकार गरेको तर, चीनले उपहारमा दिएको खोप किन नल्याएको भन्दै उहाँले सन्तुलित विदेश नीतिबारे प्रस्ट हुन पनि आग्रह गर्नुभयो ।

बैठकमा जसपा सांसद राजकिशोर यादवले सिके राउत र विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने सरकारले रेशम चौधरीलाई किन रिहाइ गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । उहाँले संविधान संशोधन, रेशम चौधरीको मुद्दा अघि सारेर सरकारमा जान खोजेको भनेर गलत प्रचार गर्दै आफूहरूलाई बद्नाम नगर्न आग्रह गर्नुभयो ।

सरकारको तर्फबाट बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको उपलव्धी भन्दै एक दर्जन कामको फेरिहस्त सुनाउनुभएको थियो । सरकारले ल्याएको अध्यादेश टेवल गर्न नदिनु दुःखद भएको धारणा राख्नुभयो ।

निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन र नपाए प्रतिगमन नहुँने भन्दै वर्तमान सरकारले अग्रगमनको बाटोमा अग्रसर भएको दाबी गर्नुभयो । यस्तै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत्र ९ र १० गते बंगलादेशको भ्रमण गर्ने जानकारी गराउँदै त्यस क्रममा नयाँ पारवहन विन्दूको विषयमा छलफल हुने जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा सांसदहरू दुर्गा पौडेल र प्रेम सुवालले पनि धारणा राख्नुभएको थियो । बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन–२०७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

बैठकको अन्त्यमा नेपाली कांग्रेसका नेता २०५८ को राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

Bishawas Acharya

Share
Published by
Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago