राजविराज, ६ चैत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका – ५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका छन् ।

फाइल फोटो

गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तीमध्ये १० गाई घाइते र ३० हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताउनुभयो । आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते हुनुभएको छ । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago