फाइल फोटो
राजविराज, ६ चैत । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका – ५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका छन् ।
गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तीमध्ये १० गाई घाइते र ३० हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताउनुभयो । आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते हुनुभएको छ । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…