फाइल फोटो
काठमाडौं, चैत ६ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने भएको छ । साइबर सेक्युरिटी ल्याब स्थापना गर्न प्राधिकरणले बुधबार आशयपत्र माग गरेको छ ।
टेलिकम सेवा प्रदायकको सुरक्षाका लागि प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्न लागेको हो । ल्याबबाट साइबर सुरक्षा सम्बन्धि अध्ययनका साथै तालिम पनि प्रदान गरिनेछ । इच्छुक तथा योग्यता पुगेका परामर्शदाताले थप जानकारी तथा आशयपत्र सम्बन्धि डकुमेन्ट प्राधिकरणको केन्द्रीय कार्यालयबाट निःशुल्क पाउन सक्ने छन् ।
साइबर सेक्युतिटी ल्याबले टेलिकम क्षेत्रको कम्प्युटर सिस्टममा आउने विभिन्न आकस्मिक खतराहरुलाई समाधान गर्ने रेस्पोन्स टिमको रुपमा काम गर्नेछ ।प्राधिकरणका अनुसार परामर्शदाता छनोका लागि ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र बाँकी १० प्रतिशत क्षमतालाई आधार बनाइने छ । आशयपत्र बुझाउने समय आगामी चैत १९ गतेसम्म तोकिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…